साउन दोश्रो सातामा चलचित्र चिमुसीचि

0 330

यसअघि कामचोर, शकुन्तला फिल्मको निर्देशन गरिसकेका चलचित्रकर्मी दिनेश श्रेष्ठको निर्देशनमा बनेको तेश्रो चलचित्र ‘चिमुसीचि’ साउन ११ बाट प्रर्दशनमा आउने भएको छ । राष्ट्रव्यापी प्रचारप्रसारमा व्यस्त निमार्ण टोलिले चलचित्रको बारेमा जानकारी दिने उद्वेश्यले मंगलबार पोखरामा पत्रकार भेटघाटको आयोजना गरेको थियो ।

चलचित्रको लेखक समेत रहेका श्रेष्ठले चिमुसीचि नाम हाँस्यव्यङ्ग्य सुनिएता पनि चलचित्र मुलत म्युजिकल ड्राम रहेको बताए । ‘म्युजिकल डङामा भएकै कारण हामीले चलचित्रका कलाकारहरु पनि नृत्यको पृष्ठभुमिकै खोजेका छौँ, ’ उनले भने, ‘चलचित्रमा पात्रहरुबिचको मुसा र बिरालोको खेललाई दर्शाउन खोजिएको छ ।’ चलचित्रमा सुसान्त कार्की, अनिशा शर्मा, सुनिल क्षेत्री लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ । यसै चलचित्रबाट नेपालआइडलको टप ५ मा पर्न सफल गायीका सुजाता पाण्डेले पनि प्लेब्याक सिङ्गरको रुपमा डेब्यू गरेकी छन् ।

साउन ११ बाट प्रदर्शनमा आउने चलचित्रको पोखरा, काठमाडौं, बैंकक आदी ठाँउमा छायाँकन गरिएको निमार्ण पक्षले जानकारी गराएको छ । सस्पेन्स जनरामा आधारित चलचित्रलाई अरुण गुरुङले निमार्ण गरेका हुन ।

Leave A Reply

Your email address will not be published.