विश्वस्तरीय कविता प्रतियोगितामा सुदर्शन प्रथम (कविता सहित)

0 1,568

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरले २०५ औँ भानु जयन्तीको सन्दर्भ पारेर विश्वस्तरीय कविता प्रतियोगिताको आयोजना गरेको छ 

वरिष्ठ कवि हरि अधिकारीप्राध्यापक हरि पराजुली तथा प्राध्यापक हरिराज भट्टराईको निर्णायक मण्डलले निर्णय गरेअनुसार पद्य कवितामा हीरा भट्ट तथा वासुदेव पाण्डे क्रमश: प्रथम तथा द्वितीय भए भने सुवासचन्द्र भण्डारीज्ञानेन्द्रबहादुर सिंह र रश्मि भट्ट तृतीय भए ।

गद्य कवितातर्फ सुदर्शन पौडेल र शिव भुसाल क्रमश: प्रथम तथा द्वितीय भए । पौडेलकोे मृत्यु र संमवेदना शिर्षकको कविता प्रथम भएको हो ।

सुशील नेपाल तथा राजमित्र स्मृति प्रज्ञा पुरस्कारअलिमिया वांग्मय प्रतिष्ठान तथा व्यक्तिगत रूपमा अनेसास  बोस्टन च्याप्टरका अध्यक्ष लालगोपाल सुवेदीले उक्त पुरस्कारको प्रायोजन गरेका हुन् । प्रथम हुनेलाई नगद दुई सय डलर,प्रमाण-पत्र र पदक तथा द्वितीय एवम् तृतीय हुनेलाई पदक र सम्मान-पत्र प्रदान गरिने जनाइएको छ । छन्द कवितागद्य कविता तथा गजल सबै विधाको न्याय गर्नका लागि छुट्टाछुट्टै प्रतियोगिताको आयोजना गरिएको आयोजकको भनाइ छ ।

मृत्यु र संमवेदना
_______________

मान्छेहरुले मलाइ धेरै ठाउमा देखेछन्
देखेछन्-
मन्दिरका घण्टिहरुमा
ईश्वरका पुत्लाहरुमा
बसका ढोकाहरुमा
महलका सिँढीहरुमा ।

फर्केर पनि नहेर्ने छिमेकीले
सपनामा देखेछ,
महिना मरेपछि मात्र देख्ने साहुले
दिनदिनै देखेछ
उधारो दिन नमान्ने पसलेले
चामलका बोरामा देखेछ,
मेरै जग्गा हडप्ने काकाले
आफनै छोरामा देखेछ

मलाइ देखेछन्,
गुलाब अस्विकार गर्नेहरुले
बगैचाका फुलहरुमा
बिगतको गुन बिर्सिएकाहरुले
लौरी र पुलहरुमा

हिजो जजस्ले देखेनन् कतै,
आज तिनैले सबैतिर देखेछन्
यो देखेरै दुखि छु म देख्नेहरुसित
म आफैले आफैलाइ नदेख्ने भएको छु ।

Leave A Reply

Your email address will not be published.