प्रविशाको गीतमा विकाससँग बैंकर संज्ञाको यस्ताे प्रेम (भिडियोसहित)

0 1,921

पोखरा, १२ साउन
गायिका प्रविशा अधिकारीको स्वरमा नयाँ गीत बजारमा आएको छ । हङकङमा बसेर सामाजिक सेवासँगै काम र गीत लेखन गरिरहेकी रचना प्रधानको प्रेमिल शब्दलाई अधिकारीले सुन्दर आवाज दिएकी छन् ।

यसमा प्रधानकै श्रीमान गायक श्रीमान नरेन्द्र श्रेष्ठ संगीत भरेका छन् । उड्ने रहर एल्बममा समावेस ‘तिमी बिना’ यो गीतलाई गायिका प्रविशाले न्याय गरेर गाएकी छन् ।

प्रेम र बिछोडलाई आधार मानेर बनाइएको म्युजिक भिडियोलाई रायन कार्कीले निर्देशन गरेका छन् । भिडियोमा विकास लामिछाने र संज्ञा श्रेष्ठको अभिनय छ । रिलिजको तयारीमा रहेको फिल्म ‘मट्टिमाला’ पनि अभिनय गरेकी संज्ञाको यो पहिलो म्युजिक भिडियो हो ।

म्यानेजिकका लागि कभर फोटो सुटिङसँगै ग्लामर क्षेत्रमा आएकी संज्ञा एक बैंकर हुन् । बैंकरसँगै अभिनयमा पनि करिअर बनाउन संज्ञाले मौलिक विषयको चलचित्रको खोजी गरिरहेको बताउँछिन् । यो भिडियो युट्युबमा मन पराइएको छ । रिलिज भएर शनिबारमात्र युट्युबमा राखिएको भिडियो आइतबारसम्म ८५ हजारले हेरेका छन् ।

Leave A Reply

Your email address will not be published.