बुख्याँचा

0 446

एकपटक मैले बुख्याँचालाई भनें, ‘यो एक्लो ठाउँमा एक्लै उभिएर तिमी पक्का थाक्छौं ।’ त्यसपश्चात उसले भन्यो, ‘अरुलाई तसाउनुको गहिरो र मजा छुट्टै छ, त्यसैले म थाक्दिनँ ।’

एक मिनेटजति सोचिसकेपछि मैले भनें, ‘अँ त्यो त सही हो । तर मलाई पनि थाहा पाउनु छ कि कसरी अरुलाई तर्साएर मजा लिन्छौ ?’ उसले प्रत्युत्तर दियो, ‘तिनीहरु जो परालले पूर्ण भरिएका हुन्छन्, उनीहरुलाई थाहा हुन्छ यो कुरा ।’

त्यसपछि मैले बुख्याँचालाई छोडेर आएँ । मलाई थाहा थिएन कि उसले मेरो प्रशंसा गरेको थियो या होच्याएको थियो । यसैबीचमा बुख्याँचा दार्शनिक भएर निस्केको पनि धेरै वर्ष बित्यो ।

एकदिन म फेरी बुख्याँचा कै नजिक भएर जाँदा बुख्याँचाको ह्याटभित्र दुईवटा कागले गुँड बनाइराखेका थिए ।

खलिल जिब्रानको कथासंग्रह ‘म्याडम’बाट नेपालीमा अनुवादित ।

Leave A Reply

Your email address will not be published.