फिल्म ‘रोज’को देशयात्रा पोखरामा

0 57

मेरो समय डेस्क
पोखरा – भदौ चौैथो साता रिलिज हुने फिल्म ‘रोज’ प्रचारका लागि देश यात्रामा निस्केको छ । सोही यात्राकै क्रममा फिल्म युनिटले बिहिबार पोखरा आइपुगेको हो ।

फिल्मका नायक प्रदिप खड्काले ‘रोज’ फिल्ममा काम गर्न पाउँदा आफूलाई एकदमै भाग्यमानी ठानेको बताए । ‘एउटा कलाकारले सबै क्यारेक्टरमा काम गर्न सक्नुपर्छ,’ उनले भने, ‘कमैले मात्र यस्तो अवसर पाउँछन् ।’ आफ्नो फिल्मबाट नेगेटिभ इम्प्याक्ट नपरोस् भनेर कन्सस् रहेको उनले बताए ।  एउटा सिधा साधा मान्छेले किन मान्छे मार्छ भनेर फिल्ममा देखाउँन खोजेको उनले सुृनाए ।

नायिका मिरुना मगरले फिल्ममा वकिलको भुमिका निर्वाह गरेको सुनाइन् । ‘रोज युनिटसँग काम गर्न पाउँदा एकदमै खुसि छु,’ उनले भनिन्, ‘फिल्मको गीत, टेलरलाई माया गरिदिनु भएको छ । अझै धेरै माया दिनुहुन्छ भन्ने आशा छ ।’ नायक खड्कासँग काम गर्दा एकदम सजिलो भएको उनले सुनाइन् ।
गापी कृष्ण मुभिज र आरोही इन्टरटेन्टमेन्टको संयुक्त ब्यानरमा बनेको फिल्म रोजमा निरक पौडेलको निर्देशन छ । भने, उद्वव पौडेलले निमार्ण गरेका हुन् ।

रोजी मर्हजनको रियल लाइफमा रहेर फिल्म बनेको भन्दै विवाद परेपछि फिल्मको नाम ‘रोजी’बाट ‘रोज’ बनेको निमार्ण युनिटले प्रस्ट्याएको छ । पोखरापछि पूर्वमा धरान, धनकुटा विराटनगरमा प्रमोसनका लागि पुग्ने निर्माण युनिटले जनाएको छ । ‘फूल हैन’ बोलको गीत युट्युबमा अत्याधिक मन पराइएको छ ।

Leave A Reply

Your email address will not be published.