३१ वर्षीय युवाको संघर्षः वेटर, कार्यालय सहयोगी हुँदै आधा दर्जन व्यवसायको मालिक

0 3,642

कलेजको रिसेप्सन, लाइबेरियन, सहायक प्रशासक हुँदै निस्केर उनी

अहिले पोखराका स्थापित व्यवसायी बनेका छन् ।

चिरञ्जीवी गाैतम

पाेखरा-

जब उनी मजदुरी गर्छु भन्दै जान्थे, भारी बोक्न सक्दैन भनेर फर्काइदिन्थे । स्कुलको बसमा काम गर्छु भन्दै पुग्थे, सानो मान्छे राख्न मिल्दैन भनिदिन्थे । सेक्युरिटी गार्ड बस्छु भनेर पुग्थे, गेटमै निदाउँछस् हुँदैन भनिदिन्थे ।

किसान सुनारलाई आपत पर्‍यो, अब के गर्ने त ? काम खोज्दाखोज्दै उनी हत्तु भए । तर, हार मानेनन् । पत्रिकामा कर्मचारी आवश्यकता लेखिएको वर्गीकृत डिस्प्लेको कटिङ लिएर उनी सहरका गल्लीगल्ली दौडिए ।

सहरमा थुप्रै थरिका व्यवसाय देखे, उनले । अनेक रुपरंग र सोच भएका मान्छेसामुन्ने उनको नमस्कार पुग्यो । काम खोज्दै हिँड्दा उनीमाथि थुपै्रका दया जाग्थे । भेटेका मान्छेबाट अर्तिउपदेश मिल्थ्यो तर काम मिल्दैनथ्यो । खुइय…सुस्केरा काढ्दै थकाइले बत्तिँदै उनी दाजुले भाडामा लिएको सानो कोठामा पुग्थे ।

राती काम पाएको सपना देख्थे । कामबाट मिलेको पहिलो तलब सुम्सुम्याएको कल्पना गर्थे । भोलिपल्ट फेरि कामको खोजिमा पैतालाहरु सडक नाप्न निस्कन्थे ।

उनको एउटा अठोट थियो, ‘आफ्नै कमाइ होस् र त्यसैबाट पढाइ खर्च निकालुँ । परिवारको पैसाले पढ्न नपरोस् ।’ जतिबेला उनी भर्खर एसएलसी दिएर पोखरा झरेका थिए र उमेर थियो जम्मा १७ वर्ष । भौंतारिँदै जाँदा उनले होटलमा वेटरको काम पाए ।

होटलमा धेरै दिक्न सकेनन् । त्यसका छुट्टै कथाहरु छन् । त्यसलगत्तै उनी एउटा कलेजको कार्यालय सहयोगी हुन पुगे । त्यही कलेजको रिसेप्सन, लाइबेरियन, सहायक प्रशासक हुँदै निस्केर उनी अहिले पोखराका स्थापित व्यवसायी बनेका छन् ।

किसान व्यवसायीमात्रै बनेका छैनन्, सामाजिक क्षेत्रमा पनि चिनिएका छन् । थुप्रैको नजरमा परेका छन् । दर्जन संस्थामा आवद्ध छन्, आधा दर्जन संस्थाको नेतृत्व गरेका छन् । हिजो काम खोज्दै भौंतारिँदै हिँड्दा बचन लगाउनेहरु अचेल सम्मान गर्न थालेका छन् । काम माग्दै हात जोडेर हिँड्ने किशोर छोटो समयमै आफ्नै व्यवसायको मालिक बनेका छन् ।

होटलमा डढेको भात र पानीजस्तो दाल खानुपर्थ्याे

पोखरा लेकसाइड क्षेत्रमा उनका एक जना साथीले पत्रिका बेच्ने काम गर्थे । लेकसाइडका होटलमा उनको साथीको राम्रो चिनजान थियो । उनैले किसानलाई होटलमा काम लगाइदिए । ‘काम त कही जानेको थिइनँ तर साथीले वेटर जानेको छु भन है भनेर सिकाए,’ किसानले ती दिन सम्झे, ‘ढाँटेरै वेटरको काम पाएँ ।’

किसानले वेटरको काम त पाए तर सुरुमै गिलास फुटाए । त्यसपछि सुरु भयो, उनको परीक्षा । ‘सुरुमा जेल बसेजस्तै लाग्यो,’ उनले भने । पाँच तले होटलमा तलमाथि गर्दा उनी ढाड दुखेर हैरान हुन्थे । तर, खान पनि सुखले पाउँदैनथे । ‘मरिमरी काम ग¥यो खानेबेलामा चाहिँ डढेको भात र पानीजस्तो दाल पाइन्थ्यो,’ किसानले भने, ‘साथीहरु लुकीलुकी ग्राहकले खाने कुरा खान्थे तर म त्यसो गर्न पनि सक्दिनथेँ ।’

 

कलिलो ज्यानले कति नै काम थेग्न सक्थ्यो र ? उनले काम छोड्छु भन्न सक्दा रहेनछन् । ‘म छोड्छु भन्न पनि नसक्ने गर्न पनि नसक्ने अवस्थामा पुगें,’ किसानले भने, ‘आमा बिरामी हुनुहुन्छ भनेर एकदिन होटलबाट भागें । त्यो दिन युद्ध जितेजस्तै भयो ।’

होटलबाट भागेर उनी दाइ बसेको कोठामा पुगे र बेलिबिस्तार लाए । दाइले उनलाई उत्साह भरे, अब आफैं केही गर्नुपर्छ । किसानका दाइले प्रेसमा काम गर्दा रहेछन् । दाइको सपोर्टेट हुने भए किसान पनि । ‘अब दाजुभाइ मिलेर भिजिटिङ कार्ड छपाइको काम गरौं,’ किसानले दाइको प्रस्तावमा स्वर मिलाएर हुन्छ भने ।

कोठमा उनी र दाइमात्रै थिएनन्, दाइका एक साथी रुम पार्टनर रहेछन् । उनताकाको दिन सम्झिँदै किसानले सुनाए, ‘दाइहरु कतिसम्मको बिन्दास भने गर्दागर्दैको काम छोड्ने र कोठामा दाल, चामल नुन, स्टोभका लागि तेल सकिएपछि मात्रै काम खोज्न हिँल्थे नत्र हाइसञ्चै बस्ने ।’ उनी निश्कर्षमा पुगे, यो काम पनि मेरो लागि उपयुक्त छैन ।

कार्यालय सहयोगीदेखि प्रशासकसम्म

दोस्रो पटक उनले काम छोडे । सहरमा मान्छेहरु कसरी बाँचिरहेछन्, बाँच्नका लागि कस्ता कुरामा संघर्ष गर्नुपर्दो रहेछ भन्ने उनलाई कामले सिकाइसकेको थियो । उनी तेस्रो कामको खोजीमा लागे । काम खोज्दै हिँड्ने क्रममा शिक्षा तथा खेल क्षेत्रमा क्रियाशील महेन्द्र श्रेष्ठसँग उनको भेट भयो ।

उनै श्रेष्ठले ट्रायलका लागि भन्दै ३ महिने जागिर दिलाए, कमसम इन्टरनेसनल कलेजमा कार्यालय सहयोगीको । ३ महिना उनले पूरा गर्दै गर्दा उनको एसएलसीको रिजल्ट आयो ।

उनी राम्रै अंक ल्याएर एसएलसी पास भए । ३ महिने ट्रायल पूरा गरे पनि उनको तेस्रो जागिर धरापमा प¥यो । क्याम्पसले निर्णय ग¥यो, ‘अब किसानलाई काममा राख्न सकिँदैन ।’

जग्गा धितो राखेर ऋण माग्न जाँदा पनि सजिलो चाहिँ भएन उनलाई । सुनचाँदी दोकान खोल्ने भए बैंकले सुन स्टक देखा भन्यो । उनीसँग सुन थिएन । भर्खर बिहे गरेकी श्रीमती र आमाका गहना स्टक देखाएर ऋण लिएपछि उनले व्यवसाय सुरु गरे ।

महेन्द्र श्रेष्ठ, जसले उनलाई कार्यालय सहयोगीको जागिर मिलाए, उनैले जागिरको थमौती गरिदिँदै लाइब्रेरियनको जागिर दिलाए । कलेजका प्रिन्सिपल तेज गुरुङ किसानका आइडल पर्सन हुन् । तेज गुरुङ्घबाट किसानले जीवनलाई तेज बनाउन चाहिने थुप्रै कुरा सिकेका छन् । तेज गुरुङ्घको सामाजिक तथा व्यावसायिक जीवनबाट किसान प्रभावित थिए ।

करिब ८ वर्ष उनले त्यही कलेजमा काम गरे । त्योबेलासम्म उनले ब्याचलरसम्मको अध्ययन पनि सके र केही पैसा पनि जम्मा गरे । ब्याचलर सक्दा कलेजमा सहायक प्रशासकसम्म बढुवा भइसकेका थिए ।

व्यावसायिक जीवनको टर्निङ प्वइन्ट

८ वर्ष अध्ययनसँगै कलेजको जागिरे जीवनमा किसानले पोखराका थुप्रै व्यक्तिसँग संगत गरे । व्यावसायिक व्यक्तिहरुका जीवनलाई नजिकबाट नियाले । थुप्रै संघसंस्थामा आवद्ध भए । सामाजिक क्षेत्रमा क्रियाशील रहे । उनीले बालबालिकालाई निशुल्क पढाउनेदेखि थुप्रै ठाउँमा सहयोगी हात पु¥याए । विवाह गरे । विवाहपछि उनको जीवनले फरक बाटो समात्यो ।

अब व्यवसाय गर्नुपर्छ भन्ने उनको योजना त थियो तर पैसा थिएन । व्यवसाय गर्दा के गर्ने गर्ने ? सुनारको मौलिक पेशा पनि सुनचाँदीको काम गर्ने भएकाले सुनचाँदीकै दोकान खोल्ने उनी निश्कर्षमा पुगे ।

सुनचाँदी दोकान खोल्न त सुन चाहिन्छ । जग्गा धितो राखेरै भए पनि सुनचाँदी दोकान खोल्ने उनी निर्णयमा पुगे । जग्गा धितो राखेर ऋण माग्न जाँदा पनि सजिलो चाहिँ भएन उनलाई । सुनचाँदी दोकान खोल्ने भए बैंकले सुन स्टक देखा भन्यो । उनीसँग सुन थिएन । भर्खर बिहे गरेकी श्रीमती र आमाका गहना स्टक देखाएर ऋण लिएपछि उनले व्यवसाय सुरु गरे ।

जागिरे जीवनका अनुभवलाई व्यवसायमा लगाउने निर्णयसहित उनले तेजरत्न सुनचाँदी दोकान खोले । ‘के व्यवसाय गर्ने भनेर विचार गरें र पुख्र्यौली पेशा सुनचाँदीको दोकान खेलें,’ किसानले सुनाए, ‘तर, बुबा गाउँकै शिक्षक हुनुहुन्थ्यो । खेतीकिसानी परिवारको मुख्य काम थियो । मैले ऋणधन गरेर पुख्र्यौली र मौलिक पेशा सुनचाँदी दोकान खोलेको हुँ ।’

खरामा काम खोज्दै भौंतारिएको किशोर आज ३१ वर्षको उमेरमै आफ्नै व्यवसायको मालिकमात्रै छैनन, झन्डै ५० जनालाई रोजगारी दिने हैसियतमा छ । मिहिनेतले उनको युवा जोश र जाँगरललाई अझ ऊर्जा भर्ने काम गर्छ । उद्योगी, व्यवसायीको नेतृत्व गरेर उनी युवा जोस र ऊर्जालाई सदुपयोग गर्न चाहन्छन् ।

मौलिक गहना गहना बनाउने उद्देश्यसहित सञ्चालनमा आएको तेजरत्न ज्वेलर्सले अहिले अत्याधुनिक गहनाको बनाएर बिक्री गर्छ । योसँगै एकपछि अरु व्यवसाय पनि हात हाल्दै गए । तेजरन्त सप्लायर्स सुरु गरे । त्यो व्यवसायले पनि उनलाई साथ दियो । दलित र गैरदलितकाबीच समानता ल्याउनुपर्छ र त्यो चेतनाको विकास बिना सम्भव छैन भनेर उनले २ वर्ष दलित जागरण पत्रिका पनि प्रकाशन गरे ।

कसमस कलेजको एजुकेसन निगाता कन्सल्टेन्सी पनि थियो । त्यहाँबाट पनि उनको त्यसको ज्ञान लिए । उहिले उनले एजुकेसन कन्सल्टेन्सी पनि चलाइरहेका छन् ।

‘जागिर भनेको अनुभव हो, कति कमायो, के गुज्रियो भन्नुभन्दा पनि यो एउटा सामाजिक उत्तरदायी हो भन्ने मैले बुझें,’ किसानले भने, ‘जागिर र सामाजिक सम्बन्धबाट मैले धेरै कुरा सिक्ने मौका पाएँ । अरु रमाएर बाइक कुदाउने बेला म जिम्मेवारीले थिचिएको थिएँ । त्यसलै देखाएको बाटोमा म अहिले छु ।’

किसान लवाईमा ध्यान दिन्छन् । आफ्नो बाध्यता र काम जेजस्तो भएपनि पोशाक चिटिक्क पारेर ल्याउनुपर्छ, त्यसले रेस्पोन्स राम्रो दिन्छ भन्ने मान्यता उनी राख्छन् । कलेजको लाइबे्ररियन हुँदा पनि उनको ड्रेसअपकै कारण उनलाई सरभन्दा रहेछन् । कार्यालय सहयोगीको काम गर्दा पनि सर भनिदिँदा आनन्द लाग्ने गरेको उनले सुनाए । ‘धेरैको आफ्नो दुख देखाउने र म निरिह छु भन्ने प्रमाणित गर्न खोज्ने हुन्छ । म त्यो मान्यता राख्दिनथें । म कोहीभन्दा कम छैन र केही गर्न सक्ने क्षमता सबैसँग हुन्छ भन्ने विश्वासमा हुन्छु,’ किसानले भने ।

उनी र उनीजस्तै व्यवसाय गर्नेहरुले सहकारी खोलेका छन् । उनी त्यसको अध्यक्ष छन् । उनले पर्यटन क्षेत्रमा पनि हात हालेका छन् । पोखराको पर्यटकीय डेस्टिनेसन खुम्चिँदै गएकोप्रति उनलाई चिन्ता छ । उनले तेजारथ टुर्स एन्ड ट्राभल एजेन्सी पनि चलाएका छन् ।

गाउँकै स्कुलमा एसएलसी दिएर काम गर्दै पढ्ने सपना बुनेर पोखरा झरेका किसान अहिले स्थापित व्यवसायी त बनेका छन् तर किसानीकर्मको धरातल भुलेका छैनन् ।

उनैले खोलेको टाइम्स वक्र्स प्रालिमार्फत वैदेशिक रोजगारीमा जान चाहनेका लागि सीप सिकाउनेदेखि परामर्श दिनेसम्मको काम हुन्छ ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघको अध्यक्ष भएर काम गरेका किसान संघकै जननी संस्था सुन चाँदी महासंघको सचिव छन् । पोखरा मल व्यवसायी संघको संस्थापक अध्यक्ष भएर नेतृत्व गरे । पोखरा उद्योग वाणिज्य संघको वर्तमान सदस्य छन् । नेपाल उद्योग वाणिज्य महासंघको आमन्त्रित सदस्यका रुपमा पर्यटन हवाइ उपसमितिमार्फत उनले काम गरेका छन् । पोखरा र आसपासको पर्यटनलाई कसरी नयाँ र उचाइमा पु¥याउन सकिन्छ भनेर उनी लागि पर्छन् ।

विभिन्न संघसंस्थामा लिएको अनुभवलाई अब उद्योगी, व्यवसायका समस्या र हितमा लगाउने उनको योजना छ । लायन्स, रोट्रयाक्ट क्लब लगायतका संस्थामार्फत अझबढी व्यक्तित्व विकास गरे उनले ।

पोखरामा काम खोज्दै भौंतारिएको किशोर आज ३१ वर्षको उमेरमै आफ्नै व्यवसायको मालिकमात्रै छैनन, झन्डै ५० जनालाई रोजगारी दिने हैसियतमा छ । उनका एक दाजु र एक भाई जापान व्यवसाय संचालन गरेका छन् भने अर्का दाजु जर्मनी । उनीहरुको साथ र समर्थनले उद्योग, व्यवसायको क्षेत्रमा उनलाई प्रोत्साहन मिलेको छ ।

अहिलेसम्मको मिहिनेत, सीप र परिश्रमले पाएको उपलब्धिले उनको युवा जोश र जाँगरललाई अझ ऊर्जा भर्ने काम गर्छ । उद्योगी, व्यवसायीको नेतृत्व गरेर उनी युवा जोस र ऊर्जालाई सदुपयोग गर्न चाहन्छन् । ३१ वर्षको उमेरै व्यावसायिक उचाइमा मात्रै पुगेका छनन्, १० भन्दा बढी देशहरु घुमेर त्यहाँको विकास, भौतिक पूर्वाधार र व्यवसाय हेरेर पनि फर्किसकेका छन् ।

आज एउटा स्थापित व्यवसायी भए पनि उनले आफ्नो बाल्यकाल भुलेका छैनन । अहिले पोखरा महानगरपालिकाको वडा नम्बर ३३ बनेको भरतपोखरी त्यो बेला गाउँ नै थियो । गाउँकै स्कुलमा एसएलसी दिएर काम गर्दै पढ्ने सपना बुनेर पोखरा झरेका किसान अहिले स्थापित व्यवसायी त बनेका छन् तर किसानीकर्मको धरातल भुलेका छैनन् ।

‘म किसानको छोरो हुँ । खेती किसानी गर्नेदेखि आमाले एक डाडु दुध बढी दिने भनेपछि डोको बोकेर घाँस काट्न दौडेको पनि हिजोजस्तै लाग्छ,’ किसानले भने, ‘अफिस बसेर कम्युटर र मोबाइल चलाउने मेरा औंलाबाट अझै पनि गाउँको माटोको बासना आउँछ ।’ व्यवसायीको असली समस्याको साथी र ससाना मान्छेहरुका आवाजलाई साथ दिने उनको योजना छ ।

Leave A Reply

Your email address will not be published.