मुख्यमन्त्री भन्छन्ः रेडलाइट एरिया ताकौं, डाँडाडाँडामा रिर्सोट खोलौं, क्यासिनो चलाऔं

पोखरा-
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रेडलाइट एसियाको बहस सुरु गर्नुपर्ने बेला आएको बताएका छन् । त्यस्तो खालको धन्दा चलिरहेकै छ भने रेडलाइट एरिया वा यसलाई व्यवस्थित गर्न कार्ड सिस्टममा लैजान के गर्न सकिन्छ बहस चलाउनुपर्ने बताएका हुन् ।

‘अहिले पनि यस्तो धन्दा चलिरहेकै छ । व्यवसाय भएकै छन् । पुलिसले समातेको छ । अनि पैसा तिर्ने छुट्ने काम भइरहेको छ भने अब यो बहसको विषय बन्नुपर्छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘बरु यसलाई व्यवस्थित गराउन लाग्नुप¥यो ।’

पश्चिमाञ्चल होटल संघ पोखराको सहकार्यमा होटल संघ नेपालले गरेको कार्यक्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिले भइरहेको व्यश्याबृतिको तरिकाले कसैलाई फाइदा नपुग्ने बताए । जति पनि लुकेर यस्ता धन्दा हुन्छ यसले मुलुक, समाज, व्यवसायी कसलाई फाइदा नपु¥याउने मुख्यमन्त्रीको भनाइ थियो ।

मुख्यमन्त्री गुरुङले पोखराजस्तो सहर २४ घन्टा खोल्नुपर्ने बताए । नेपालका यस्ता २÷४ वटा सहर २४ घन्टा खुल्ने हुनुपर्ने उनको भनाइ थियो ।

मुख्यमन्त्री गुरुङ पोखरा आसपासका डाँडाडाँडामा रिसोर्ट र होटल खोल्न व्यवसायीलाई आग्रह गरे । डाँडाडाँडामा रिसोर्ट खोल्ने र त्यसमा क्यासिनोसमेत चलाउनुपर्ने मुख्यमन्त्री गुरुङको भनाइ थियो ।

तपाईको प्रतिक्रिया

Your email address will not be published.