पादरीले ३ हजार ६ सय बालबालिकामाथि यौनदुर्व्यवहार गरेको खुलासा

0 161

एजेन्सीः रोमन क्याथलिक पादरीले ३६ सय बालबालिकामाथि यौनदुर्व्यवहार गरेको खुलासा भएको छ। जर्मनीको रोमन क्याथलिक गिर्जाघर आफैंले गरेको अध्ययनले यस्तो तथ्य सार्वजनिक गरेको हो।

सन् १९४६ देखि २०१४ को अवधिमा गिर्जाघर भित्रै पादरीहरुले यस्तो निन्दनीय कार्य गरेको अध्ययनले खुलासा गरेको हो। बीबीसीले सेप्टेम्बर २५ मा सार्वजनिक गरिने भनेको प्रतिवेदनबारे यस्तो खुलासा गरेको हो।

समाचारमा उल्लेख भए अनुसार रोमन क्याथलिक संस्थाको प्रतिवेदनमा १६७० पादरीले मात्र ३६७७ बालबालिकामाथि कुनै न कुनै यौनजयन्य हिंसा गरेको उल्लेख गरिएको छ।

यस्तो प्रतिवेदनलाई त्यहाँका जिम्मेवार अधिकारीले भने निराशा र लज्जाबोध हुने तथ्यांक भएको बताएका छन्। संसारभर इसाई पादरी यौनहिंसामा पर्ने गरेका खबर सार्वजनिक भए पनि यो भने भर्खरै सर्वजनिक भएको ठूलो तथ्यांक हो।

अध्ययनमा उल्लेख भए अनुसार दोषीलाई सामान्य माफी मगाएर छोडिएको छ। हिंसामा परेकाहरुको उमेर १३ वर्ष वा सोभन्दा कम भएको अध्ययनले सार्वजनिक गरेको छ। हिंसाका ६ घटनामा एउटा बलात्कार रहेको छ।

जर्मनका तीनवटा विश्वविद्यालयले यो अध्ययन गरेका हुन्। कतिपय घटनाका विवरण नष्ट गरिएको भन्दै अनुसन्धानकर्ताले यो संख्या अझ बढी हुन सक्ने बताएका छन्।

Leave A Reply

Your email address will not be published.