अस्ट्रेलियामा भाँडा टल्काउँदै विश्वसाइकल यात्री

लेखे, मन रुवाउने स्टाट्स

0 69

साइकलबाट संसार घुमेका विश्व साइकल यात्री पुस्कर शाह अहिले नेपालमा छैनन् । तर, नेपालको झण्डा बोकेर देश चहारेको पक्का हो । यो प्रमाण उनको विश्व रेकर्ड ‘गिनिज बुक अफ वल्र्ड रेकर्डस्’मा पनि उल्लेख छ । संसारलाई साइकलबाटै नियालेका उनको ‘संसारलाई पाँच फन्को’ पुस्तकसमेत प्रकाशित छ ।

नेपालको मात्रै नभई विश्वका कैयौं देशका राष्ट्रिय झन्डा बोकेर सगरमाथाको सफल आरोहण गरेका उनी हाल अस्ट्रेलियामा देश सम्झदैछन् । उनले जानेकाछन्, नेपालको राज्य व्यवस्थामा आमूल परिवर्तन नभएसम्म युवा त्यसरी नै विदेशिरहनुपर्नेछ । बिहीबार परदेशबाट देश सम्झेर एउटा मर्मस्पर्शी स्टाट्स लेखेका छन्, उनले ।

‍‍‍‍‍‍‍

११ बर्षमा साइकलबाट संसारलाई साढे पाँच फन्को लगाएर नेपाल फर्केर सगरमाथाको सफल आरोहण गरेको ७ वर्ष बितेछ । यात्रा सकेर नेपाल फर्केको ७ वर्षपछि मेरो देशको सरकार प्रमुखलाई भेट्ने सुअवसर मिल्यो । सम्माननीय ज्यूको स्वकीय सचिबले मेरो परिचय गराइदिनु भो ।

‘ए पुस्कर जीलाई त म चिनिहाल्छु नि,’ सम्माननीयले गर्वसाथ बोल्नु भो । म खुशीले गद्गद् भएँ ।

‘अनि भन्नुस पुस्करजी’ सम्माननीयको आग्रहले म बोलें

‘जीवनका स्वर्णिम बैंसहरु,

११ बर्ष,

४ हजार १५ दिन,

२ लाख २१ किलोमिटर,

साइकलको पांग्रामाथि जीवन र मेरो देशको झन्डा बोकेर १ सय ५० देश,

संसारलाई साढे ५ फन्को,

 

‘म २०४६ सालको जनआन्दोलनको घाइते पनि हो, चैत्र २४ गते दरबारमार्गमा प्रहरीको गोलिले दाहिने हात छेडेर गएको थियो । वीर अस्पतालले मृतक घोषित गरेर मेरो नाम सहिदको सुचीमा छ,’ भन्दैथें ।

त्यसपछि संसारभरिको झन्डा बोकेर सगरमाथाको सफल आरोहण गरेर विश्व रेकर्ड बनाएँ ।’

‘अनि ?’ सम्मानीयले सोध्नु भो ।

‘संसारलार्इ साढे पाँच फन्को पुस्तक लेखें’ ।

‘वाउ’ सम्माननीय ज्यू दंग पर्नु भो

‘म २०४६ सालको जनआन्दोलनको घाइते पनि हो, चैत्र २४ गते दरबारमार्गमा प्रहरीको गोलिले दाहिने हात छेडेर गएको थियो । वीर अस्पतालले मृतक घोषित गरेर मेरो नाम सहिदको सुचीमा छ,’ भन्दैथें ।

‘देशको झन्डा बोक्नेले पार्टीको झन्डा बोक्दैन,’ मैले उनलाई सुनाएँ । त्यसपछि मेरो डुलुवा अनुभव मेरो माटोमा उपयोग नहुने निस्कर्ष निस्कियो ।

भन्दैथें सम्माननीय ज्यु त अघि नै ढलेछन् । स्वकीय सचिब र सुरक्षा गार्डहरुले खै के के सुँघाएर, पानी छम्केर होसमा ल्याए । मेरो उग्रक्षमता देखेर डराएछन् क्यारे !

‘त्यत्रो ४६ सालको योद्धा, जिउँदो सहिद, अहिलेसम्म पार्टी सदस्यता लिनु भाको छैन ?’ घर फर्केको साँझ स्वकीय सचिबले मलाई फोनमा सोधे । उनलाई म ४६ सालदेखि नै नजिकबाट चिन्छु । उनै हुन् मलाई गुच्चा र गुलेली बोकाएर जनआन्दोलनमा होमिन सिकाउने ।

‘देशको झन्डा बोक्नेले पार्टीको झन्डा बोक्दैन,’ मैले उनलाई सुनाएँ । त्यसपछि मेरो डुलुवा अनुभव मेरो माटोमा उपयोग नहुने निस्कर्ष निस्कियो ।

आमाले मलाई माटो र पसिनालाई माया गर्न सिकाइन् । म माटोलाइ चट्टकै माया मारेर पसिनालाइ माया गर्न हिँडे ।

अहिले म अस्ट्रेलियामा भाँडा टल्काउदैछु ! एकबारको जुनीमा !

(प्रस्तुत लेख उनको फेसबुकबाट साभार गरिएको हो, धन्यवाद–सम्पादक)

Leave A Reply

Your email address will not be published.