मुख्यमन्त्री पिएसकाे चीन भ्रमण: अनुदान माग्न होइन, योजना बताउन

0 236

पोखरा-

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ चीन भ्रमणमा निस्किएका छन् । असोज ९ गतेदेखि १५ गतेसम्मको चीन भ्रमणमा जानुअघि मुख्यमन्त्री गुरुङ पोखरा विमानस्थलमा पत्रकार सम्मेलन गर्दै भ्रमण प्रदेशको आवश्यकता र विकाससँग जोडिएको विषयमा छलफल तथा जानकारी गराउने बताए ।

हाइनान प्रान्तको विशेष निमन्त्रणमा जान लागेका मुख्यमन्त्री गुरुङले प्राविधिक महाविद्यालय स्थापना, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, पर्यटन, शिक्षा, स्वास्थ्यका क्षेत्रमा छलफल तथा जानकारी गराउने छन् । मुख्यमन्त्री गुरुङले भ्रमणका क्रममा अनुदान माग्ने तथा कुनै पनि सम्झौता नगर्ने जानकारी दिए ।

हाइनानका गभर्नरलाई आउँदो नोभेम्बरमा पोखरा डाक्ने र दुई प्रदेशबीच मितेरी साइनो लगाउनुका साथै हाम्रो प्राथमिकताका क्षेत्रका आयोजनाको सम्झौता गर्ने योजना रहेको मुख्यमन्त्री गुरुङले सुनाए

मुख्यमन्त्रीसँगै प्रदेश सरकारका मुख्य न्यायाधीवक्ता राजेन्द्र घिमिरे, प्रदेश नीति तथा योजना आयोगका गिरिधारी पौडेल, मुख्य सचिव लक्ष्मीराज शर्मा लगायत केही व्यवसायीसमेत भ्रमणमा सहभागी हुने छन् ।

 

Leave A Reply

Your email address will not be published.