श्रीयाको बलात्कारपछि हत्या 

हत्यारा पत्ता लगाइसक्यौं आज सार्वजनिक गर्छौ ः प्रहरी

0 418

 मेराे समय डेस्क

पोखरा –
पोखरा, पुम्दीभुम्दीमा मंगलबार मृतावस्थामा फेला परेकी श्रीया विकको बलात्कारपछि हत्या भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार नै गरिएको परिक्षणले बलात्कार भएको ठह¥याएको हो ।

‘पोस्टमार्टममा भाञ्जीको योनांग सुन्निएको, टाउको र शरीरमा चोट लागेको देखियो,’ पोस्टमार्टमा संलग्न चिकित्सकहरुको भनाइ उद्धृत गर्दै मामा कृष्ण सुनारले जानकारी दिए । उनी केही समयदेखि आमासँगै मामाघर बसेर अध्ययन गर्दै आइरहेकी थिइन् ।

बिस्कुट किन्न गएको छोरी मृत फेला
सोमबार साँझको करिब ६ बजेको आसपासमा १० वर्षीय श्रीया घरबाट बिस्कुट किन्न निस्किन्छिन् । पसल उनी बसेको घरदेखि जम्मा ५ मिनेटको दुरीमात्रै टाढा छ । तर साँझ अबेर हुँदासम्म घर नफर्केपछि उनको सोधखोज हुन्छ परिवारमा ।

अर्को दिन अर्थात मंगलबार बिहानै श्रीया घर नजिकै फेला पर्छिन् । फेला पर्नेबेला मृत्यको बाटो तताइसकेकी हुन्छिन् । पोखरा, कोदीमा उनको मृत शरीर क्षतविक्षत अवस्थामा फेला पर्छ । वरिपरीका ढुंगामा समेत रगत लागेको र अर्धनग्न अवस्थामा उनको शव भेटिएको डिएसपी नवीन कार्कीले जानकारी दिए ।

‘घर नजिक सधैं निस्किरहन्थिन् । यस्तो होला भनेर हामीले सोचेका पनि थिएनौं,’ मामा कृष्ण सुनार सुनाउँछन् । श्रीयाका बाबुले २ वर्षअघि कान्छी आमा ल्याएपछि उनी आमा र दिदीसँगै मामा कृष्णको घरमा बस्दै आएका थिए ।

हत्यारा पक्राउ
जिल्ला प्रहरी कास्कीले घटना घटेको २४ घण्टा नबित्दै बलात्कारपछि हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । घटना घटेलगत्तै कअनुसन्धानमा खटिएको टोलीले श्रीयाकै छिमेकीले बलात्कारपछि हत्या गरेको निस्कर्ष निकालेको हो ।

प्रहरी स्रोतका अनुसार घटनापछि आधा दर्जनभन्दा बढी शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको थियो । ‘धेरैलाई पक्राउ गरेपनि मुख्य शंका ३ जनामाथि थियो । त्यसमध्ये १ जनाले आरोप स्वीकार ग¥यो,’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने ।

कास्कीका प्रहरी प्रवक्ता रवीन्द्र गुरुङले बुधबार दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर घटनाबारे थप जानकारी दिने सुनाए ।

Leave A Reply

Your email address will not be published.