श्रीयाकी सानीआमाकाे प्रश्न: अपराधीलार्इ केही समय थुनेर हाम्री छोरी फिर्ता आउँछे?

आफैंले खुवाएको , हुर्काएको श्रीयाको यही दिन हेर्न हो ?

0 1,628

 

मृतक श्रीया विक

मेराे समय डेस्क

पोखरा –
‘आफ्नै हातले खुवाएँ, आफ्नै काखमा राखेर हुर्काएँ, आज यही दिन देख्नलाई हो ?’ मृतक श्रीया विककी सानीआमा गंगा विक जिल्ला प्रहरी कार्यालय कास्कीको कक्षमा चिच्याउँदै थिइन । उनको बोलीमा डर थिएन, आक्रोश थियो । आक्रोशभन्द पनि ठूलो विद्रोह थियो । उनी घाँटी सुकुन्जेल चिच्याउँदै थिइन् ।

‘मर्ने हारेर मरिहाल्यो, बाँच्नेले जित्यो । अपराधी बाँचेर झनै दाउ खुल्यो । भोलि फेरि यो घट्ना नदोहोरिएला भन्न सकिन्न,’ उनी प्रश्न गर्छिन, ‘कानुनले दुईचार पैसा जरिवाना गर्ला केही समय जेलमा थुन्ला । के यसरी हाम्री छोरी फिर्ता आउँछे त ?’

‘त्यो सबैको छोरी थिई । जन्ममात्रै मेरी दिदीले दिएकी हुन् । माइती घरमा बसेर त्यसलाई हुर्काउने, पालनपोषण गर्ने यही हातले गरेकी हुँ,’ आँखाभरी आँशु ल्याएर बबर्राइरहेकी थिइन्, गंगा । आफूले पालेको छोरीको हत्यारालाई प्रहरीले सुरक्षा दिइरहेको उनको आरोप थियो ।
नयाँ शाषण व्यवस्था आइसकेपछि बलात्कार हत्या घट्नुको साटो झनै दोब्बरतेब्बर बढिरहेको गंगा दाबी गर्छिन् ।

‘नारी र महिलामात्रै होइनन्, अब त बालिकाहरु पनि सुरक्षित भएनन्,’ उनी भन्छिन्, ‘जबसम्म यो देशमा बलात्कारीलाई फाँसीको कानुन आउँदैन । यस्तो घटना दोहोरिरहन्छ ।’

आफ्नो छोरीलाई जसरी तड्पाएरर मारेको हो त्यसरी नै फाँसीमा तड्पाएर मार्नुपर्ने विक बताउँछिन् । ‘मर्ने हारेर मरिहाल्यो, बाँच्नेले जित्यो । अपराधी बाँचेर झनै दाउ खुल्यो । भोलि फेरि यो घट्ना नदोहोरिएला भन्न सकिन्न,’ उनी प्रश्न गर्छिन, ‘कानुनले दुईचार पैसा जरिवाना गर्ला केही समय जेलमा थुन्ला । के यसरी हाम्री छोरी फिर्ता आउँछे त ?’

सानीअामा गंगा विक

करिब २ वर्षपहिले बावुले अर्की आमा समाएर हिडेपछि मामाघर फर्किएकी थिइन्, श्रीया । उनलाई मामा कृष्ण सुनार र सानीआमा गंगा विकले स्याहारसुसार गर्दै आएका थिए । श्रीयाको आमाको ज्यान ठीक छैन सधैं बिरामी भइरहन्छिन्, यसपालि पनि छोरी श्रीयाको मृत्युको खबरले थला परेकी उनी अझै राम्रोसँग होशमा आउन सकेकी छैनिन् ।

‘हिजो (मंगलबार) पोस्टमार्टम रिपोर्ट आउँदा हामीसँगै गएका हौं, छोरीको छियाछिया शरीर थियो । त्योभन्दा अर्को ठूलो प्रमाण के हुन सक्छ ?’

‘दुईचार पैसा पीडित पक्षलाई दिन्छ । घटना गुमसुम हुन्छ,’ उनी भन्दै थिइन्, ‘यो सबै नेपालको कानुन एकदमै कमजोर भएर हो । अन्य मुलुकको जस्तो बलियो कानुन हुने भए अपराधी आफै तर्सन्थे ।’ जनप्रतिनिधिलाई घटनाको कुरा राख्दा पनि ‘प्रुफ’ चाहिन्छ भन्दै बेवास्ता गरेको उनको आरोप थियो ।

पोस्टमार्टम रिपोर्ट लगेर देखाउँदा पनि जनप्रतिनिधिले बेवास्ता गरेको विक बताउँछिन् । भन्छिन्, ‘हिजो (मंगलबार) पोस्टमार्टम रिपोर्ट आउँदा हामीसँगै गएका हौं, छोरीको छियाछिया शरीर थियो । त्योभन्दा अर्को ठूलो प्रमाण के हुन सक्छ ?’ पोस्टमार्टम रिपोर्ट अनुसार श्रीयाको अनुहार, टाउको र योनांगमा चोट लागेको थियो ।


सोमबार साँझ घरबाट बिस्कुट किन्न निस्किएकी श्रेया मंगलबार बिहान घर नजिकैको खोल्सामा मृतावस्थामा फेला परेकी थिइन् । उनलाई उनकै छिमेकी पोखरा–२२ बस्ने २७ वर्षीय कुसुम पौडेलले बलात्कारपछि हत्या गरेको खुलेको थियो । पौडेललाई बुधबार नै जिल्ला प्रहरी कास्कीले सार्वजनिक गरिसकेको छ ।

Leave A Reply

Your email address will not be published.