पोखरामा सरकारी गाडीमा आगजनी

ने.वि.सं. सम्बद्द ५ विद्यार्थी पक्राउ

0 66

पोखरा महानगरको गाडी जलाएको अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामले लेकसाइडकाे एक होटलबाट उनिहरुलाई पक्रेको हो ।

लेकसाइडमा रहेको होटल रिदमबाट नेविसंघ पोखरा विश्व विद्यालयका सभापति डिफान भुजेल, ला ग्रान्डी कलेज सभापति विनय पौडेल, पोखरा विश्व विद्यालयका पूर्व सभापति राजेन्द्र बराल, नेविसंघ कार्यकर्ता परशुराम बस्नेत र लक्ष्मीप्रसाद पौडेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसअघिनै नेविसंघ पुर्व केन्द्रीय सदस्य सरोज केसीले नेविसंघले नै  गाडी आगजनी गरेको बताएका थिए ।  शनिबार देशभरका सरकारी गाडी चल्न नदिने पूर्व निर्धारित कार्यक्रम अनुसार नै गाडीमा आगजनी गरिएको उनले बताए । शनिबार देशभरका सरकारी गाडी नेविसंघको निगरानीमा रहेको समेत उनले सुनाए ।

शनिबार बिहान पोखरा महानगरपालिका कार्यालयको बा १ झ ५८७९ नम्बरको पिकअप भ्यान जलाइएको थियो । प्रहरीले ग १४ प १७२९ र ग८प १६८९ नं को स्कुटर र बा५६प ३४८६ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

जलाइएको गाडी पोखरा महानगरको भए पनि जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कास्कीले प्रयोग गर्दै आएको थियो । घटनाबारे अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.