नेपालले जित्यो पहिलो टी-२० क्रिकेट सिरिज

यु.ए.ई संगको टि-२० सिरिजमा २-१ ले बिजयी

0 86

माघ-२०,पोखरा। तेश्रो तथा अन्तिम टि-२० खेल १४ रनले जित्दै नेपालले यु.ए.ई संगको तिन टि-२० सिरिज २-१ ले जितेको छ।  बर्षाका कारण १० ओभरमा झारिएको खेलमा टस जित्दै यु.ए.ई.ले फिल्डिंग रोजेको थियो।

पहिले ब्याटिङ्गको निम्तो पाएको नेपालले कप्तान पारस खड्का को २९ र सन्दिप जोराको २८ रनको मद्दतमा १० ओभरमा ८ विकेट गुमाउदै घरेलु टिमलाई १०५ रनको लक्ष्य दियो। त्यस्तै बिनोद भण्डारीको १३ बलमा २१ रन पनि सम्मानजनक योगफलको लागि सहायक बन्न पुग्यो।

१०५ रनको लक्ष्य लिएर ब्याटिङ्गमा उत्रेको घरेलु टोलीले १० ओभरमा ८ विकेट गुमाउदै ९० रनमा सिमित हुन पुग्यो।  यु.ए.ई को तर्फबाट सईमान अनवरको ३० रन र बिकेट किपर गुलाम साब्बरको २५ रन जितको लागि प्रयाप्त भएन। नेपालको तर्फबाट करण केशी,ललित नारायण राजबंशी र अविनास बोहोराले २-२ बिकेट लिएका थिए भने सन्दिप लामिछाने  र सोमपाल कामीले एक एक विकेट लिन सफल भए.

यो संगै नेपालले यु.ए.ई संग खेलेका तिन एक दिवसिय तथा तिन टि-२० शृंखला दुवै आफ्नो पक्षमा पार्दै घर फर्कने भएको छ।

Leave A Reply

Your email address will not be published.