‘प्रणय दिवस’मा पोखरामा “सप्तरंग म्युजिकल जर्नी” हुने

प्रवेश निशुल्क

0 121

माघ-२९,पोखरा। फाल्गुन २ गते अर्थात प्रणय दिवसमा पोखरामा सात प्रदेशका सात कलाकार सहितको प्रस्तुतिमा सप्तरंग कार्यक्रम हुने भएको छ। प्रदेश अवधारणाको कार्यान्वयनसँगै सातै क्षेत्रका नागरिकविच सांगितिक माहौल मार्फत सद्भाव र ऐश्वर्यता कायम गर्न सातै प्रदेशमा संचालन भएको “सप्तरंग म्युजिकल जर्नी”को अन्तिम कार्यक्रम गण्डकी प्रदेशको राझधानी पोखरामा फाल्गुन २ गते प्रणय दिवसको दिन हुने भएको हो । ‘ग्रिष्मा ब्रोडकास्टिङ’ ले ‘सात प्रदेश र सात हामी’ नाराका साथ सात कलाकारलाई सातै प्रदेशका मुख्य एक एक सहरमा प्रस्तुति दिदै सम्पन्न गर्न लागेको कार्यक्रमको पोखरामा “बार्दली क्रियसनले” सह-आयोजना गर्दैछ।

सप्तरंग कार्यक्रममा सात प्रदेशकाे प्रतिनिधित्व गर्दै गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, गायिका इन्दिरा जोशी र लोकगायक पशुपति शर्मा, मोडल अन्जली अधिकारी, कमेडियन सन्दीप क्षेत्री र खेलाडी दीपक बिष्ट सहभागी छन् ।

माघ १८ मा दमकबाट सुरु भएको कार्यक्रम माघ २० मा जनकपुर, माघ २२ मा नारायणगढ, माघ २४ मा बुटबल, माघ २६ मा  सुर्खेत, माघ २८ मा धनगढीमा सम्पन्न भैसकेको छ र फागुन २ मा पोखरामा कार्यक्रम समापन हुनेछ ।

सातै प्रदेशका नागरिकबिच सद्भाव र सामिप्यता बढाउन र आन्तरिक पर्यटनमा सघाउन आयोजना गरिएको कार्यक्रम पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा फाल्गुन २ गते दिउसो ४ बजे सुरु हुनेछ र उक्त कार्यक्रम हेर्नको लागि दर्शकलाई प्रवेश निशुल्क रहेको, आज पोखरामा आयोजित एक कार्यक्रममा जानकारी गराईयो।

Leave A Reply

Your email address will not be published.