इरान बिरुद्द भारतीय भूमिमा नेपालि चेलीको सानदार जित

फाइनल पुग्ने सम्भावना बलियो

0 70

फाल्गुन-१,पोखरा।  सावित्रा भण्डारीको  २  र  अनिता बस्नेतको १  गोलको मद्दतमा नेपालले भारतमा जारि हिरो  महिला गोल्डकप फुटबल प्रतियोगितामा  इरानलाई ३-० गोल अन्तरले पराजित गरेको छ।   महिला फुटबलको फिफा बरियतामा  १०८ औ स्थानमा रहेको नेपालले आफु भन्दा ४८  स्थान माथि रहेको ईरान संग सनसनी पूर्ण   जित  दर्ता संगै जारि प्रतियोगितामा  नेपालले फाईनलमा पुग्ने सम्भावना बलियो  बनाएको  छ।

भारतको भुवनेश्वरस्थित कालिंगाा रंगशालामा भएको राउण्ड रोविनको आफ्नो अन्तिम खेलमा नेपालले इरानलाई ३–० गोलअन्तरले पराजित गरेको हो । पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा दुई गोल गर्दै जित सुनिश्चित गरेको हो।  अनिता बस्नेतले खेलको ४१औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । त्यसपछि सावित्रा भण्डारीले ५९ औं र ८९ औं मिनेटमा गोल गरेपछि नेपाल ३–० ले विजयी भयो ।

जितसँगै नेपाल आफ्नो समूहको दोस्रो स्थानमा उक्लिएको छ । नेपालले तीन खेलमा दुई खेलमा जित र एक खेलमा हार ब्यहोर्दै ६ अंक बनाएको छ । शीर्ष स्थानमा रहेको म्यानमारको दुई खेलबाट ६ अंक छ । शीर्ष दुईमा पर्ने टिम फाइनलमा प्रवेश गर्ने छन् ।

नेपालले आफ्नो पहिलो खेलमा म्यानमारसँग पराजित भए पनि दोस्रो खेलमा घरेलु टोली भारतलाई २–१ ले पराजित गर्दै उच्च मनोबल बनाएको थियो । यता इरानले भने सबै खेलमा हार ब्यहोरेको छ ।

भारत र म्यानमारबीचको खेल पनि बुधबार नै राति ७ बजेर १५ मिनेटमा सुरु हुदैछ । भारत पराजित भएमा वा बराबरीमा रोकिएमा नेपाल फाइनलमा प्रवेश गर्नेछ । तर भारतले म्यानमारलाई फराकिलो गोलले पराजित गरे गोल फरकको आधारमा फाइनल प्रवेश गर्ने टिमको टुंगो लाग्नेछ ।

 

Leave A Reply

Your email address will not be published.