देश लुट्नेलाई पशुपति शर्माको झटारो “लुट्न सके लुट”

हेर्नुहोस गित

फाल्गुन-२,पोखरा। चर्चित लोक तथा दोहोरि गायक पशुपति शर्मा फेरी एकपटक नयाँ व्यंगात्मक गित “लुट्न सके लुट,नेपालमै छ छुट” भन्ने लोक लयमा आधारित गित लिएर दर्शक श्रोता माझमा  आएका छन।

समाज अनि देशमा ब्याप्त भ्रष्टचार लगाएत अन्य धेरै सामाजिक बिसंगतिहरुलाई चोटिलो ढंगबाट व्यंग्य गर्न सिपालु शर्माले यसपाली आफ्नो लय,सब्द र संगीतमा यो  गित लिएर आएका छन।  “सप्तरंग सांगीतिक जर्नी” को अन्तिम कार्यक्रम पोखराबाट  समाप्त भए लगत्तै उनले आफ्नो युटुब च्यानल मार्फत यो गित सार्बजनिक गरेका हुन्। गित् सार्बजनिक गर्दै उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्  “सकेसम्म हरेक गीतमा केहि न केहि ब्यगंय गर्ने प्रयास छ मेरो,,,यो गीतमा पनी मैले त्यहि ब्यगंय गर्ने प्रयास गरेको छु,,,,गल्ती भए माफि चाहान्छु राम्रै भनेको भए साथ दिनुहोला है,,,”लुट्न सके लुट,,नेपाल मै हो छुट”

गित सार्बजनिक भए लगत्तै पोखरामा भेटिएका उनिसंग छोटो प्रतिक्रिया लिने क्रममा उनले भने “जहिले पनि केहि फरक गरौ,केहि सामाजिक सन्देश दिने काम गरौ भन्ने लागि रहन्छ र यसैको उपज यो गित जन्मेको हो। ” उनले भने “एउटा श्रस्टाले आफ्ना सिर्जना मार्फत देश र जतालाई खबरदारी गर्नु कर्तब्य ठान्छु म, सधैको जस्तै श्रोताहरुले यो गित सुनेर मलाई अझै नयाँ सिर्जना गर्ने हौसला दिनुहुनेछ भन्ने आसामा छु। ”

हेर्नुहोस पशुपति शर्माको यो गित:

 

तपाईको प्रतिक्रिया

Your email address will not be published.