पशुपति शर्माको “लुट्न सके लुट” गित किन हट्यो युट्युब बाट? यस्तो छ कारण, पढ्नुहोस

0 241

फाल्गुन-४,पोखरा।  युटुबमा रिलिज भए लगत्तै भाईरल बनेको पशुपति शर्माको  व्यंग्यात्मक गित “लुट्न सके लुट,नेपालमै हो छुट” युटुबबाट हटाईएको छ। आज बेलुका झन्डै ९ बजेतिर गायक शर्माले आफ्नो फेसबुक मार्फत बिज्ञप्ति निकाल्दै उक्त गित युटुब बाट आफैले हटाएको र छिट्टै केहि सब्द परिवर्तन गरेर पुन: युटुबमा राख्ने पनि जनाएका छन।  उनले आफ्नो स्टाटसमा लेखेका छन “म राजनिती लाई त्यती गहिराई बाट बुझ्दिन । तर शुशासन कायम हुनुपर्छ र देशमा विसंगती ब्याप्त हुनु हुदैन भन्ने कुरामा म सचेत छु । मेरो गीतले बिसंगती लाई ब्यंग्य गरोस भन्ने मेरो एकमात्र ध्यय थियो।मैले कुनै राजनैतीक आग्रह या पुर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्था संग मेरो कुनैकिसीमको पुर्वाग्रह पनि छैन । तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असंतुष्टी रहन गएकोले जुन जुन शब्दमा असंतुष्टी देखीयो म ति शब्दहरु लाई परिमार्जन गर्न गईरहेको छु । केही समय लाग्ला जुन शब्दमा असंतुष्टी देखीयो ति शब्दहरुलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने संझीएको छु।”  उनको बिज्ञप्तिको पूर्ण पाठ एस्तो छ :

 गायक शर्माको आफ्नै सब्द,लय,स्वर र अभिनय समेत रहेको गित युटुबमा राखेको १ दिनमै झन्डै साढे ३ लाख जति भ्युअर्सले  हेरिसकेका थिय र उनले सो गित युटुबबाट हटाउने बेलासम्म नेपालको ट्रेण्डिङ्गमा ९ नम्बरमा थियो।

 

Leave A Reply

Your email address will not be published.