रवीन्द्र पत्नी विद्या भन्छिन्ः वाइडबडीबारे आरोपमात्रै हो

0 26

विकास समितिदेखि पर्यटनमन्त्रीसम्म आइपुग्दा विकास योजना, उहाँका सपनाबारे सल्लाह हुन्थ्यो । पछिल्लो समय मेरो कलेज साँझ थियो । आज उहाँलाई दिनभरि समय दिन्छु भनेर बस्थें । म उहाँसँग क्वाटरमा सँगै बसें । जनतासँग सम्बन्ध हुने भएकाले पनि म त्यो मेन्टेन गर्न पनि म क्वाटर बस्थें ।

पर्यटनमन्त्री हुँदा हामीबीचमा धेरै कुरा सेयरिङ हुन्थ्यो । जतिबेला सम्पति विवरण सार्जननिक भयो, त्यहाँदेखि नै उहाँलाई विवादमा पारियो । हाम्रो बीचमा किन यस्तो भइरहेको छ भन्ने छलफल हुन्थ्यो । उहाँले भन्नुहुन्थ्यो, गल्ती नगरेपछि डराउनु पर्दैन ।

कतिको चित्त पनि दुखाएँ हुँला, समय दिन पनि नसकेको हुँला । तीन–तीन पटक चुनाव जितिसकें । राजनीतिमा एक खालको प्रतिस्पर्धी पनि हुँदारहेछन् । पब्लिक जीवन भएपछि कतिपय कुरा गल्ती नभए पनि आरोप लाग्छन्, पीर नगर भन्नुहुनथ्यो ।

वाइडबडीको सन्दर्भमा मैले एक दिन सोधेकी थिएँ । तपाईंले केही गर्नुभएको भए मलाई नडाँट्नुुस् भनेकी थिएँ । उहाँले मैले कहाँनेर त्यस्तो गर्न सक्छु भन्नुहुन्थ्यो । सबै प्रक्रिया अगाडि नै सुरु भएको हो । न मैले काहीँ हस्ताक्षर गरेको छु, न कहीँ निर्देशन दिएको छु । यत्ति हो कि अन्तिम किस्ता नबुझाएको भए जहान आउने थिएन, भन्नुहुन्थ्यो । पटक–पटक सोध्नु राम्रो हुँदैन । म आफैंँ विश्वस्त थिएँ, यो सबै आरोप मात्र हो, आक्षेप मात्र हो ।

दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारी पत्नि विद्या भट्टराईले व्यक्त गरेका भनाइ र अनुभूति

विद्या भट्टराई

Leave A Reply

Your email address will not be published.