नगरी काम पुग्दैन खानः सकिएन महिला दिवस मनाउन (फोटो फिचर)

0 38

तस्बिर सौजन्यः अमृत सुवेदी

पोखरा, २३ फागुन/ कमला ओलीले जुन काम गर्छिन्, त्यही काम त्यही काम पुरुषले गर्दा १२ सय रुपैयाँसम्म थाप्छन् । डोको उत्रै हो, समय उही हो तर उनले ज्याला ५ सय रुपैयाँमात्र पाउँछिन् । शुक्रबार पोखरामा डेढ दर्जन कार्यक्रम छन् । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिलाकै लागि त्यसमा अधिकांश श्रमिक महिलाका मुद्धामा दुई सरकारले पोखरामा भर्खरै कार्यक्रम सकेका छन् । गण्डकी प्रदेश सरकार र पोखरा महानगरले श्रमिक महिलाका पक्षमा भाषण गरेर १ सय ९ औं महिला दिवस मनायो ।

 कमला ओलीजस्तै कमला नेपाली, सन्तमाया तामाङ, सरिता क्षेत्रीलगायतलाई पोखरामा भइरहेका डेढ दर्जन कार्यक्रमले छोएन । जो श्रम गरेर खान्छन् । यतिसम्मकी उनीहरुलाई आज महिला दिवस हो र महिला अधिकारका विषयमा कुरा भइरहेका छन् भन्ने नै जानकारी छैन ।

श्रमिक महिलाहरु गिट्टी कुटिरहेका छन् । सानो छोरा छोउमा सुताएर बालुवा बोकिरहेका छन्, पसिना चुहाइरहेका छन् । बडेमानको भारी बोकेर कुर्कुच्च परेर हिँडिरहेका छन् । डोकोमा सुन्तला बोकेर ग्राहक खोजिरहेका छन् । भारी बोकेर गुजारा चलाउने महिलालाई थाहा छैन, महिला दिवस । जसलाई थाहा छ, जो महिला आन्दोलनको नेतृत्व गरिरहेका छन्, उनीहरुले महिलाका पक्षमा कस्ता मुद्धा उठाइरहेका छन्, ज्यालाका विषयमा के आवाज उठिरहेको छ, श्रमिक महिला बेखबर छन् ।

Leave A Reply

Your email address will not be published.