१ अर्ब ३० करोड खर्चेर ४ महिनामै नयाँ पोखरा रंगशाला

0 79

२६ फागुन, पोखरा-
पोखरा रंगशाला पुननिर्माण आइतबारबाट सुरु भएको छ । ठेक्का सम्झौताको २ महिनापछि युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले रंगशाला पुननिर्माण शिलान्यास गरेका हुन् । उनले रंगशाला प्रतिष्ठासँग जोडिएको विषय हुनाले समयमै निर्माण सक्न निर्देशनसमेत दिएका छन् ।

गएको पुस महिनामा राष्ट्रिय खेलकुद परिषदले पोखरा फुटबल स्टेडियम निर्माण गर्न भारतीय कम्पनी ग्रेट स्पोर्टस र एमए कन्ट्रक्सन जावलाखेल ललितपुर (जेभी)सँग सम्झौता गरेको थियो । सम्झौता अनुसार १ अर्ब ३० करोड रुपैयाँमा अबको ४ महिनाभित्र स्टेडियम बनाइने भएको छ ।

शिलान्यास कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले पोखरा रंगशाला १८ हजार ५ सय सिट क्षमताको प्यारापिटसहितको बनाउन लागिएको जानकारी दिए ।

रंगशालाभित्र बन्ने फुटबल मैदान फिफाको मापदन्ड अनुरुप १ सय ५ मिटर लम्बाइ ६८ मिटरको चौडाई हुनेछ । एथलेटिक्सको लागि सिन्थेटिक ट्रयाक बनाइने छ । ४ सय मिटरको ८ लेनको सिन्थेटिक ट्रयाक हुनेछ ।

ठेक्का सम्झौता हुनुमा मनकामना केबलकार फुटबल प्रतियोगिता र आहा रारा गोल्डकप प्रतियोगिताले निर्माण कार्यमा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ । पोखरा रगंशाला ४ सय १७ रोपनी जग्गामा बनेको छ ।

Leave A Reply

Your email address will not be published.