ट्रकको ठक्करबाट विद्यार्थीको मृत्यु, स्थानीयद्वारा प्रदर्शन

१ शिक्षक र ७ प्रहरी घाइते

0 84

मेरो समय
बैशाख १७, धनगढी –  कैलालीको लम्कीमा ट्रकको ठक्करबाट १९ वर्षीया सुनिता रावलको मृत्यु भएकी भन्दै विद्यार्थी तथा स्थानीयले प्रदर्शन गरेका छन् । उनीहरुले यतायात तथा बजार बन्द गरेका छन् ।

आक्रोशित विद्यार्थी र स्थानीयले ठक्कर दिने ट्रकलाई जलाउने प्रयास गरेका छन् । सडकमा टायर बालेर प्रदर्शनमा उत्रेका प्रदर्शनकारीलाई नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास हवाइफायरसमेत गरेको छ । सोही क्रममा रवरको गोली लाग्दा लम्की बहुमुखी क्याम्पसका प्राध्यापक प्रेम मुडभरीको घाइते भएका छन् । स्थानीयको ढुंगा प्रहारबाट ७ प्रहरी जवान घाइते भएका छन् ।

लम्की बहुमुखी क्याम्पसबाट साइकलमा घर फर्केने क्रममा पछाडिबाट आइरहेको ना ७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिँदा उनको घटना स्थलमा नै मृत्यु भएको थियो ।

चालक भने फरार रहेको र सडक सुचारु गर्न सर्बदलीय बैठक बसिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

 

 

Leave A Reply

Your email address will not be published.