पाेखरामा गाेली चल्याे, एक प्रहरी र एक लागु औषधकर्मी घाइते

0 157

पोखराको उत्तमचोकमा गोली चलेको छ । लागु औषध लिएर हिँडेको खबरपछि पछ्याउँदै गएको प्रहरीलाई आक्रमण प्रयास भएपछि प्रतिरक्षाका लागि गोली चलाएको इन्स्पेक्टर गणेस सुवेदीले जानकारी दिए । प्रहरीले चलाएको गोलीबाट गोविन्द थापाको खुट्टामा चोट लागेको हो ।
खुट्टामा गोली लागेर घाइते थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ । लागुऔषध लिएर हिँडेको विषेश सूचनाको आधारमा थापालाई पछ्याउँदै गएको प्रहरीले जनाएको छ ।
थापाको साथबाट डाईजोपाम, नुरफिन। र फेनारगन लगायत १५ सय थान लागु औषध प्राप्त गरेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

उत्तम चोकको एउटा रेस्टुरेन्टमा रहेका ती कारोबारीको प्रहारबाट एकजना प्रहरी पनि घाइते भएका छन् ।

Leave A Reply

Your email address will not be published.