के के हुँदैछ क्रिकेट विश्वकपमा ?

कुन टीम छ अंक तालिकाको अगाडि?

0 25

फुटबलको जस्तै हरेक चार वर्षमा आयोजना हुने क्रिकेटको विश्वकप प्रतियोगिता आइसीसी क्रिकेट वोर्ल्ड कपको १२ औं  शृंखला अहिले चलिरहेको छ।  भलै फुटबलको विश्वकप जस्तो नेपाली आम  जनसमुदायबीच यसको चर्चा परिचर्चा नभएतापनि, क्रिकेट प्रेमीहरु भने आफ्नै तवरले यसको मजा लिइरहेका छन्।

सन् १९७५ मा इंग्ल्याण्डले पहिलो पटक आयोजना गरेर सुरुवात भएको आइसीसी क्रिकेट वर्ल्ड कप १२ औ संस्करण सम्म आइपुग्दा यसका क्वालिफ़ाइङ् फर्म्याट र अरु धेरै नीति नियमहरु फेरिइसके र यसपाली पनि इङ्ल्याण्ड र वेल्सले संयुक्त रुपमा यसको आयोजना गरिरहेका छन्।  ११ संस्करण सकिदासम्म ५ पटक विजेता बन्दै अस्ट्रेलियाले आफूलाई क्रिकेटको माहारथिको रुपमा प्रमाणित गरिसकेको छ।

मे ३० का दिन सेन्ट्रल लण्डनको “द मल” मा भब्य समारोहकाबीच उद्घाटन भएको १२ औ संस्करणको आइसीसी क्रिकेट वर्ल्ड कप झन्डै ४५ दिन चलेर जुलाई १४ का दिन बहुचर्चित लर्ड्स क्रिकेट ग्राउण्डमा हुने फाइनल खेलसँगै समापन हुनेछ।

यसपालीको क्रिकेट विश्वकपमा ५ वटा दक्षिण एसियाली राष्ट्र  भारत,पाकिस्तान,श्रीलंका,बंगलादेश र अफगानिस्तानसँगै अस्ट्रेलिया,न्युजिल्याण्ड,इङ्ग्ल्याण्ड,वेस्ट इन्डिज र साउथ अफ्रिका गरि जम्मा १० देशको सहभागिता  छ र जम्मा जम्मी ४८ ओटा खेल खेलिनेछ।  राउण्ड रोबिनको आधारमा खेलाइने खेलमा अंक तालिकाको माथिल्लो ४ टिम सेमिफाइनल पुग्नेछन र सेफ़ाइनल बाट फाइनल हुँदै  १२ संस्करणको विजेता टुंगो लाग्नेछ।

चौथो राउण्डका खेलहरु चलिरहँदा , तीन खेलमा ३ ओटै जित निकालेर ६ अंकका साथमा न्युजिल्याण्ड टेबलको शीर्ष स्थानमा छ भने आयोजक राष्ट्र इङ्ल्याण्ड  ३ खेलमा २ जीत र १ हारको साथमा ४ अंकका साथ रन रेटका आधारमा दोश्रो स्थानमा छ।  भने दक्षिण एसियाली माहारथी भारत जम्मा २ खेल खेल्दै दुबैमा जित दर्ता गरी तेश्रो स्थानमा छ।

विश्वकपको आजको खेल दक्षिण एसियाली रास्ट्र पाकिस्तान र क्रिकेट माहारथी अस्ट्रेलियाबीच नेपाली  समय अनुसार दिउँसो  ३:१५ बजेबाट कन्ट्री ग्राउण्ड, टाउण्टनमा सुरु हुँदैछ।

हेर्नुहोस ताजा अंक तालिका:

 

Leave A Reply

Your email address will not be published.