टिकटकको ‘हेर्न त्यो कालो केटा’लाई प्रहरी फन्दामा, अझै २ दिन हिरासतमा

0 154

टिकटकमा एउटा भाइरल स्वर सुनिन्छ, हेर न त्यो केटालाई, कस्तो कालो रु कस्तो घीनलाग्दो, नारीको जस्तो लाग्ने यो स्वर एक २४ वर्षीय किशोर प्रनेश गौतमको हो ।

टिकटकमा भाइरल बनेका कमेडियन प्रनेश अहिले प्रहरी हिरासतमा छन् । तर, उनी टिकटकका कारण थुनिएका होइनन्, प्रहरीले उनलाई वीरविक्रम २ चलचित्रको भिडियो समीक्षा गरेवापत हिरासतमा थुनेको हो ।

धरान नगरपालिका वडा नम्बर १४ घर भइ हाल भक्तपुरको बालकोटमा बस्ने प्रनेशले चलचित्र वीरविक्रम २ को भिडियो समीक्षा गरेका थिए । उनी कमेडियन भएकाले उनले चलचित्रको समीक्षा फरक शैलीमा गरेका थिए । तर, चलचित्रका निर्देशक मिलन चाम्लिङ राई ९मिलन चाम्स० ले मिम नेपालका सञ्चालक प्रनेशले चलचित्र व्यवसायमा घाटा पुर्‍याउने गरी झुठा प्रचार गरेको भन्दै उजुरी दिएपछि प्रहरीले गौतमलाई हिरासतमा राखेको हो ।

प्रहरीले प्रनेशमाथि साइबर क्राइम अन्तरगत मुद्दा चलाउने तयारी गरेको छ ।

सूत्रहरुका अनुसार चलचित्र निर्देशक राईले नै मिम नेपालका सञ्चालक प्रनेशलाई आफ्नो चलचित्रको समीक्षा गरिदिन भनेका थिए । प्रनेशले नितान्त फरक शैलीको भिडियो समीक्षा बनाए, जसमा यो चलचित्र झूर रहेको बताइएको छ । उनले चक्कु बोकेर मानिसहरुलाई चलचित्र राम्रो छ भन् भन्दै अभिनय गरेका छन् ।

‘वीर विक्रम २’ प्रदर्शनमा आएलगत्तै प्रनेसको भिडियो समीक्षा मिम नेपालको युट्यूव पेजमा अपलोड भएको थियो । मिम नेपाल सामाजिक सञ्जालमा निकै चलेको च्यानलमा पर्छ । फेसबुकमा यसका फलोअर्स धेरै छन् । यसका यूट्यूव सब्सक्राइबर भने हाइड गरिएको छ । गाैतमलार्इ अझै दिइ दिन हिरासतमा राख्न बुधबार अदालतले अादेश गरेकाे छ ।

हेर्नुहाेस् भिडियाे

Leave A Reply

Your email address will not be published.