कहाँ हुन्छ, कसरी हुन्छ आइफा अवार्ड, टुंगिएन कार्यक्रमस्थल

0 63

काठमाडाैं, इन्टरनेसनल इन्डियन फिल्म अवार्ड आइफाको २०औँ संस्करणको आयोजनाले काठमाडौंमा गर्न सरकारले स्विकृती दिएकोमात्रै होइन ठूलो रकम नै छुट्याएको भन्दै सामाजिक सञ्जाल नै रंगियो । अहिले पनि यो विषयले सामाजिक सञ्जाल तातिरहेको छ ।

कार्यक्रम आयोजनाले गन्तव्य स्थलको ब्रान्डिङ हुने, सहरको ब्रान्डिङ हुने र राष्ट्रिय गौरव बढ्ने पर्यटन बोर्डको दाबी छ । आइफा अवार्ड आयोजना गर्न आर्थिक सहायता गर्ने सरकारी निर्णयको चर्को विरोध भइरहेका बेला बोर्डका बोर्डका सिइओ दीपकराज जोशीले कार्यक्रमको टेलिभिजन कपिराइट, विज्ञापनदेखि टिकट संकलनबाट उठेको सम्पूर्ण रकम आइफाले नै उठाउने भए पनि राष्ट्रिय गौरव बढ्ने बताए ।

अवार्ड स्थल भने अझै टुंगो लागिसकेको छैन । सैनिक मुख्यालयको सामुन्ने फुटबल मैदानलाई कार्यक्रम गर्ने भनिए पनि नेपाली सेनाले त्यसमा सहमति दिइसकेको छैन । सैनिक मुख्यालयभित्रको फुटबल मैदान संवेदनशील क्षेत्र भएकाले दिन नसकिने उसको भनाइ छ । विकल्पमा सेनाले टुँडिखेलस्थित सैनिक मञ्च सामुन्नेको खुला चौरमा कार्यक्रम गर्न सुझाब दिएको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले कार्यक्रम स्थल तय नभएको बताए । उनले भने, अवार्डका लागि स्थान तय भएको छैन । छलफलमा भने भद्रकाली मन्दिरपछाडिको फुटबल मैदान भनिएको छ । जहाँ सैनिक परेड खेलिन्छ । विगतमा पनि ठूला–ठूला कार्यक्रम त्यहीँ भएका हुन् । यो कार्यक्रम पनि त्यहीँ हुन्छ होला । यद्यपि। निर्णय भएको छैन ।’

अवार्ड कार्यक्रम अवधिभर सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग परिचालन गरिने भएको छ ।

Leave A Reply

Your email address will not be published.