प्रकाश दाहाललाई सिर्जना त्रिपाठीकाे सम्झना: प्रेमको अर्थ तिमीसँगै बुझें

0 105

पोखरा, मंगलबार नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकलम दाहाल पुत्र प्रकाश दाहालको जन्मजयन्ती । ३८ साल असार १७ गते जन्मिएका प्रकाश दाहालको ०७४ मंसिर ३ गते असामयिक निधन भएको थियो ।

दाहालको जन्मजयन्तीको सन्दर्भमा पाँच जना सगरमाथा आरोहीलाई ‘प्रकाश दाहाल साहसिक सगरमाथा सम्मान प्रदान गरिँदैछ ।

दाहाललाई विभिन्न व्यक्तिहरुले सम्झना गरिरहेका छन् । प्रकाश प्रचण्ड पुत्रमात्रै नभएर एक योद्धाका रुपमा पनि सामाजिक सञ्जालमा स्मरण भइरहेकाे छ।

 

प्रकाश पत्नी सिर्जना त्रिपाठीले पनि छोरा काखमा लिएर फोटो पोष्ट गरेकी छिन् ।

पोखरामै रहेकी सिर्जनाले प्रेमको अर्थ नै उनीबाट सिकेको बताएकी छन् । उनले एक वर्षअघिको पोष्ट फेसबुकमा सेयर गर्दै जीवनको अन्तिम समयसम्म जिम्मेवारी र सम्झना गरिराख्ने लेखेकी छन् ।

प्रकाशलाई सिर्जनाले यसरी सम्झेकी छन्, उनकै शब्दमाः प्रेमको अर्थ तिमीसँगै बुझें, हिजो आज र भोलि तिमीलाई गरेको मायाको प्रमाण फेसबुकका भित्तामा कहिल्यै रंगिएनन् , तिम्रो प्रतिबिम्ब र अमूल्य उपहारको जिम्मेबारी र तिम्रो सम्झना जीवनको अन्तिम समयसम्म रहनेछ । 

 

Leave A Reply

Your email address will not be published.