४ लाख घुससहित स्याङ्जामा खानेपानीका इन्जिनियर समातिए

0 648

पोखरा, खानेपानी तथा सफसफाइ डिभिजन कार्यालय स्याङ्जाका इन्जिनियर ४ लाख रुपैयाँ घुससहित समातिएका छन् ।

रौतहट घर भई गण्डकी प्रदेश अन्तर्गतको डिभिजन कार्यालयमा कार्यरत होसी अक्तर महम्बत मंगलबार रंगेहात समातिएका हुन् ।

स्याङ्जामा निर्माणाधीन एक क्रमागत खानेपानी आयोजनाको रकम भुक्तानी दिने बेला आठौं तहका इन्जिनियर महम्बतले घुस मागेका थिए ।

मोहम्मतले घुस मागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जानकारी भएपछि टोली डिभिजन कार्यालयमा पुगेको थियो । पोखरादेखि गएको अख्तियारको टोलीले मोहम्मतलाई पक्राउ गरी थप अनुसन्धान थालेको छ ।

Leave A Reply

Your email address will not be published.