विद्यार्थीलाई अग्रजकाे सुझाव: कम ग्रेड आएर सानो मन नबनाउनू

0 113

माछापुच्छ्रे, सामाजिक सञ्जालभरि बढी जिपिए ल्याएर पास गर्ने विद्यार्थीलाई बधाईका ओइरो लाग्दा कम जिपिए ल्याएका धेरै विद्यार्थीको अनुहार सानो बनाएर बस्नुप¥यो । कम जिपिए ल्याउने विद्यार्थीको संख्या सामुदायिक विद्यालयकै बढी छ । र, ती गाउँका विद्यालय बढी छन् । विद्यालयको शैक्षिकस्तर सुधार नहुँदा विद्यार्थीले कम जिपिए ल्याइरहेका छन् । तर, कम जिपिए ल्याएकै कारण सानो मन गरेर बस्ने त ? होइन अब चाहिँ रुचिको विषय लिएर रमाइलो मानिमानि पढ्ने हो ।

माछापुच्छ्रे गाउँपालिकाका भर्खर एसईई उत्रिर्ण गरेर बसेका विद्यार्थीलाई पूर्व विद्यार्थीहरुको परामर्श छ, ‘कम जिपिए आयो भनेर सानो मन गरेर नबस्नु ।’

वडा नम्बर ६ मा रहेको बराह मावि पूर्व विद्यार्थी मञ्च र बराह मावि भेंडाबारीले ४ विद्यालयका विद्यार्थीलाई पुरस्कार तथा सम्मान दिँदै बढी जिपिए ल्याउनेलाई अझ उत्कृष्ठ बन्दै जान र कम जिपिए ल्याउनेलाई आत्मबल बलियो बनाएर रुचिको विषयमा अघि बढ्न परामर्श गरे । गौरीशंकल मनिलाल मावि सैंतिघट्टा, निश्पक्ष मावि रिभान, भुमेश्वर मावि, धिताल र श्रीबराह मावि भेंडाबारीका एसईई उत्रिर्ण विद्यार्थीलाई पूर्व विद्यार्थी मञ्चले पुरस्कृत गर्दै हौसला बढाएको हो ।

‘एसइई पूरा गरेसँगै विद्यार्थीमा अन्योल र भविष्यको तनाब हुन्छ,’ पूर्व विद्यार्थी मञ्चका अध्यक्ष चिरञ्जीवी गौतमले भने, ‘हामीले विद्यार्थीलाई आफूलाई ईच्छा लागेका विषय कसरी छान्ने र ती विषय पढेर कस्ता खालका अवसर पाइन्छ भनेर परामर्श तथा अनुभव सेयर गरेका हौं ।’ कि सबैले गरेकाे काम फरक तरिकाले गर्न, कि कसैले नगरेकाे काम गर्न गाैतमकाे अाग्रह थियाे ।

गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले व्यवहारिक, वैज्ञानिक र अबको गाउँ, माटो सुहाउँदो शिक्षा नीति ल्याउने बताइन् । दवाडीले एसइई उत्रिर्ण विद्यार्थीलाई प्राविधिक विषय पढ्न प्रोत्साहन गरिन् ।

वडा नम्बर ६ का अध्यक्ष हरिश्चन्द्र ढ्ंगाना, ८ का अध्यक्ष कृष्णप्रसाद दवाडीले विद्यार्थीको मनोवल बढाए । प्रध्यानाध्यापक नरबहादुर गुरुङले बहकाउमा लागेर सहरै झरेर निजीमा पढ्नभन्दा गाउँकै सरकारी स्कुलमा पढ्न विद्यार्थीलाई आग्रह गरे ।

मञ्चले विद्यालयमा गरेको कार्यक्रममा पूर्व विद्यार्थी, सगरमाथा आरोही तथा नेपाल सरकारका उपसचिव तथा सगरमाथा आरोही खिमलाल गौतमले सबैभन्दा बढी ३. ४५ जिपिए ल्याउने  लाई नगदसहित पुरस्कृत गरे । खिमलालका तर्फबाट मञ्चका अध्यक्ष चिरञ्जीवीले ५ हजार रुपैयाँ हस्तान्तरणा गरे । 

विद्यालय व्यवस्थान समिति अध्यक्ष रामचन्द्र गाैतमले विद्यालयकाे गुणस्तर सुधार्न दिनरात खटिइरहेकाे जानकारी गराउँदै उत्रिर्ण विद्यार्थीलाई रुचिको विषय छानेर सफलता प्राप्त गर्न आग्रह गरे ।

श्री बराह माविका प्लस टू संयोजक अर्जुन पौडेलले बुधबारदेखि प्लसको भर्ना खुलेको जानकारी गराउँदै प्राविधिक विषयदेखि व्यवस्थापन, शिक्षा लगायतका संकायमा विद्यार्थीले छानेर पढ्न पाउने बताए ।

एसइई तह पूरा गरेका विद्यार्थीले अर्को तहमा जानु पूर्व विभिन्न क्षेत्रमा दक्षता हासिल गरिरहेका अभिभावकबाट परामर्श पाउँदा खुसी व्यक्ति गरे ।

Leave A Reply

Your email address will not be published.