गण्डकीका ८५ वटै स्थानीय तहका उपप्रमुखले अब गाडी सुविधा पाउने

0 201

पोखरा–
गण्डकी प्रदेशका सबै स्थानीय तहका उपप्रमुखले पनि अब गाडी सुविधा पाउने भएका छन् । गण्डकी प्रदेश सरकारले उपमेयर तथा उपाध्यक्षले पनि गाडी सुविधा दिन पाउने गरी कानुन संशोधन गर्ने निर्णय गरेको हो ।

असार २५ गते बसेको मन्त्रिपरिषदको बैठकले स्थानीय तहका जनप्रतिनिधिले दोहोरो सुविधा लिन पाउने र कार्यपालिका सदस्यले पनि वडाध्यक्षकै बराबर सुविधा पाउने निर्णय गरेकै यो पनि निर्णय गरेको थियो ।

स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐनलाई संशोधन गरी उपाध्यक्ष तथा उममेयरलाई पनि गाडी उपलब्ध गराउन लागिएको हो ।

गण्डकी प्रदेशमा ८५ वटा स्थानीय तह छन् । अब सबै स्थानीय तहका उपप्रमुखले गाडी चड्न पाउने भएका छन् । केही स्थानीय तहले यसअघि पनि गाडी सुविधा प्रयोग गर्दै आएका थिए ।

Leave A Reply

Your email address will not be published.