गायिका तथा प्रस्तोता मञ्जु पौडेलले मौलिक तीज गीत नाच्छु घुमेर बजारमा ल्याएकी छन्।
हरेक तीजमा मौलिक तीजको भाका लिएर आउने पौडेलले यसपालिको तीजमा काम भन्दाभन्दै उमेर ढल्केको पीडालाई गीतमार्फत पोखेकी छन्।
‘काम भन्दै गयो मेरो आधी उमेर घन्काइदेऊ मादलु नाच्छु घुमेर’ काम र पैसाको लागि सधैँ व्यस्त रहने आम नेपालीको जीवनशैलीप्रति लक्षित गर्दै ल्याइएको यो गीतको भिडियोमा स्वयं मञ्जु पौडेल र चर्चित कार्यक्रम उकाली ओरालीकी प्रस्तोता अनुषा पौडेल फिचर्ड छन्।
दिग्गज धौरालीले शब्द र अर्जुन पोखरेलले संगीत गरेको यो गीतलाई बीएमएस फिल्म्सले बजारमा ल्याएको छ।
हेर्नुहोस् भिडियो