गण्डकीका सांसदकाे छातिमा सुनचाँदी जडित् लाेगाे, पहिलेभन्दा कयाैं गुणा महंगाे

0 91

पोखरा–गण्डकी प्रदेशका सांसदलाई सुनचाँदी जडित नयाँ लोगो उपलब्ध गराइएकाे छ । नयाँ बनाइएको सांसदले लगाउने लोगो अर्थात प्रतिक चिन्ह चुनचाँदी जडित छ ।

गण्डकी प्रदेशमा चीनबाट सुनजडित लोगो झिकाएर सांसदलाई उपलब्ध गराइएको संसद सचिवालयले जानकारी दिएको छ । यो लोको पहिलेकोभन्दा कयौं गुना महंगो पर्न गएको छ ।

पुरानो लोको छोटो समयमै खुइलिएका कारण नयाँ लोगो बनाइएको हो । लोगोको डिजाइन चाहिँ पुरानै छ । त्यसमा प्रयोग हुने धातु चाहिँ प्लास्टिक हुँदैन चाँदी हुन्छ र बाहिर चाहिँ सुन प्रयोग गरिएको छ ।

चीनको सांघाई प्रान्तमा तयार पारेर यो लोगो ल्याइएको हो । अहिले सांसदहरुले लगाएको लोगोको मूल्य एक सय ९५ रुपैयाँको हो । प्रदेशसभा सचिवालयका अनुसार एक सय वटा प्लाष्टिकका लोगोहरु प्रतिलोगो एक सय ९५ रुपैयाँ तिरेर बनाइएको थियो ।

नयाँ  लोगोको मूल्य भने प्रतिलोगो ६ हजार ५ सय रुपैयाँकाे छ ।

Leave A Reply

Your email address will not be published.