२ करोड ५० लाखको गाडी चढ्छन् गण्डकीका मुख्यमन्त्री, ६ मुख्यमन्त्रीलाई उछिने

0 827

पाेखरा- विकासका हिसाबले पछि परेका कर्णाली, सुदूरपश्चिम र प्रदेश २ सरकार नै गाडी किन्न अगाडि देखिएका छन् । आर्थिकरुपमा अलि बलिया मानिएका गण्डकी र प्रदेश ३ ले चाहिँ तुलनात्मक रुपमा कम खर्च गरेका छन् । सात वटै प्रदेशले एक आर्थिक वर्षमा मात्र एक अर्ब ८५ करोड गाडी खरिदमा खर्चिएका छन् ।

प्रदेशका मुख्यमन्त्रीहरुबीच पनि कसले महंगो गाडी चढ्ने भन्ने अघोषित प्रतिस्पर्धा छ ।

सवारीसाधनमा सबैभन्दा कम रकम खर्च गरेको गण्डकी प्रदेशका मुख्यमन्त्रीले सबैभन्दा महंगो गाडी किनेका छन् । मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङका लागि ल्यान्डक्रुजर गाडी किन्न साढे २ करोड रुपैयाँ खर्च गरिएको थियो ।

प्रदेशका आर्थिक मामिलामन्त्री किरण गुरुङले २ वटा गाडी हुँदाहुँदै १ करोड ५० लाखको नयाँ गाडीमा लोभ गरेका छन् । यो गाडी किन्ने प्रक्रिया नै सुुरु भइसकेको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले करिब डेढ करोड पर्ने टोयाटा कम्पनीको फर्चुनर गाडी चढिरहेका छन् । तर त्यसले पनि नपुगेर फेरि २ वटा नयाँ गाडी मुख्यमन्त्रीका लागि किनिएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङ साढे दुई करोडको ल्यान्डक्रुजर चढ्छन् । उनका लागि ५५ लाखमा थप २ कार खरिद गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयमा ५ वटा गाडी आएका छन् । मन्त्री किरण गुरुङकालागि १ करोड ५० लाख पर्ने गाडी किनिँदै छ । मन्त्री गुरुङसँग पहिले नै २ वटा गाडी छन् भने मन्त्रालयमा थप ५ वटा गाडी पनि छन् ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ७४ लाखमा २ वटा महेन्द्रा स्कार्पियो खरिद गरेको छ । यस मन्त्रालयका ५ वटा गाडी सञ्चालनमा छन् । आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानका लागि ७० लाखको फूलअप्सन स्कार्पियो किनिएको छ ।

भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा ३ वटा पुराना गाडी छन् । मन्त्री लेखबहादुर थापा मगर स्कारपियो चढ्छन् ।

सामाजिक विकास मन्त्रालयमा ४ वटा गाडी चालू अवस्थामा छन् भने दुई वटा गाडी खरिद प्रक्रियामा गएका छन् । भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले ५६ लाखमा स्कार्पियो खरिद गरेको छ भने पुराना ४ वटा गाडी चालू अवस्थामा छन् । गण्डकी प्रदेश सभाले ४ वटा नयाँ गाडी खरिद गरेको छ । विषयगत सभापतिका लागि ५५ लाख दरका स्कार्पियो खरिद गरिएका छन् ।

गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालयले गाडी किन्न केही कडाइ गरेको छ । जसका कारण पनि यो प्रदेशमा अत्यधिक गाडी किनिएको छैन ।

सामाजिक बिकास मन्त्रालयले २ वटा गाडी खरिदको प्रक्रिया सुरु गरेको छ । २ वटा स्कार्पियो गाडीका लागि १ करोड ५० लाख खर्च हुने मन्त्रालयको अनुमान छ । सामाजिक विकास मन्त्री नरदेवी पुन र सचिव दीर्घनारायण पौडेलका लागि गाडी किन्न लागिएको हो ।

Leave A Reply

Your email address will not be published.