नेपालमा गुन्द्रुकसमेत विदेशबाट आउँछ

0 122

काठमाडौं । नेपालले आर्थिक वर्ष ०७५,०७६ मा जनै र गुन्दु्रकसमेत विदेशबाट आयात गरेको पाइएको छ । भारतबाट जनै र चीनबाट गुन्द्रुक आयात गरिएको हो ।

गुन्द्रुकलाई नेपालको मौलिक खानेकुरा मानिन्छ । तर, यसमा समेत नेपाल आत्मनिर्भर हुन नसक्नुले नेपालको व्यापार घाटा किन डरलाग्दोगरी बढिरहेको छ । भन्सार विभागले जारी गरेको तथ्यांकमा अघिल्लो आवमा चीनबाट गुन्द्रुक आयात गरिएको उल्लेख भए पनि परिमाण खुलाइएको छैन ।

यसैगरी, भारतबाट पुजा सामाग्रीका नाममा जनै आयात हुने गरेको भन्सार विभागले जनाएको छ । जनै पनि कति परिमाणमा आयात भयो भन्ने एकिन बिवरण छैन ।

यी दुईवटा उदाहरण मात्रै हुन् । नेपालमै सहजरुपमा उत्पादन गर्न सकिने वस्तुमा समेत परनिर्भरता चुलिएपछि देशको ब्यापार घाटा अनियन्त्रित बनेको बुझ्न कठिन छैन । विभागका अनुसार आर्थिक वर्ष २०७५, ०७६ मा नेपालले कुल १५ खर्ब १५ अर्ब ६४ करोड रुपैयाँको व्यापार गर्‍यो ।
एक वर्षमा ९७ अर्ब १० करोड रुपैयाँ बराबरको समान तथा वस्तु विदेश निर्यात गर्दा १४ खर्ब १८ अर्ब ५३ करोड रुपैयाँ बराबरको वस्तु तथा सामान आयात गरेको विभागले जनाएको छ ।

यो आर्थिक वर्षको आयात–निर्यात व्यापारको अवस्था अघिल्लो आर्थिक वर्षको भन्दा १३।५५ प्रतिशतले बढेर मुलुकको व्यापार घाटा १३ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ

Leave A Reply

Your email address will not be published.