प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् पुनर्गठन

0 89

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा रहेको मन्त्रीहरुलाई जानकारी गराएका छन् ।

मन्त्रिपरिषद पुनर्गठन अघि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । बुधबार बिहान ओली र प्रचण्ड शितलनिवास पुगेर राष्ट्रपति भण्डारीसँग परामर्श गरेका हुन् ।

राष्ट्रपतिलाई भेट्नुअघि ओली र प्रचण्डले बालुवाटारमा अलग्गै छलफल गरेका थिए । त्यसपछि दुवै अध्यक्ष शितलनिवास प्रस्थान गरे ।
प्रधानमन्त्री ओलीले बुधबारै मन्त्रिपरिषद हेरफेरको तयारी गरेका छन् ।

Leave A Reply

Your email address will not be published.