निजी विद्यालय बन्द गरे अभिभावक सडकमा उत्रने

0 244

नेशनल प्याव्सानका राष्ट्रिय अध्यक्ष ऋतुराज सापकोटाले जस्ता सुकै जटिलता आए पनि विचलित नभई संस्था चलाउन आग्रह गरेका छन् ।

‘निजी विद्यालयलाई नेपाल सरकारले तिरस्कृत गर्ने काम गरेको छ। जसले गर्दा शिक्षण क्षेत्रमा लगानी गरेका व्यक्तिहरु विचलित भएको भान भएको छ,’ अध्यक्ष सापकोटाले भने, ‘काम गर्दा समस्याहरु आउँछन् कत्ति पनि विचलित नहुनुहोस् । अहिले जति होच्याउने काम भए पनि हाम्रो अवमूल्यन कसैले पनि गर्न सक्दैन ।’

नेशनल प्याव्सान कास्कीको सातौं अधिवेशनको उद्घाटन गर्दै उनले निजी विद्यालयलाई तुरुन्त खारेज गर्न नेपाल सरकारले नसक्ने बताए ।

‘निजी विद्यालय वन्द गरे अभिभावकनै सकडमा उत्रिन्छन्’ उनले भने, ‘निजी विद्यालय वन्द गर्नका लागि सरकारलाई त्यती सहज छैन ।’

नेपाल सरकारले ल्याएको सामाजिक सुरक्षा कोष मा निजी विद्यालयको कुनै विरोध नरहेको तर विद्यालयले थेग्ने किसिमले ल्याउने पर्ने उनको भनाइ थियो । उनले एन प्याव्सन कास्की देशकै उदाहरणीय शाखाको रुपमा रहेको भन्दै प्रशंशा व्यक्त गरे।

कार्यक्रममा नेशनल प्याव्सानका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेशका अध्यक्ष याम खड्काले निजि विद्यालयलाई नेपाल सरकारले सौताने व्यवहार गरेको आरोप लगाए। शैक्षिक क्षेत्रमा गुणस्तरवृद्धी गर्न निजी विद्यालयको भूमिका महत्वपूर्ण रहेको बताउँदै यसलाई नजर अन्दाज नगर्न उनले आग्रह गरे ।

नेशनल प्याव्सानका राष्ट्रिय महासचिव शुभाष न्यौपानेले सामुदायिक विद्यालयको वाधक निजि विद्यालय भन्ने नेपाल सरकारको सोचाई नै गलत भएको उल्लेख गरे। शैक्षिक क्षेत्रमा कसरी गुणस्तर वृद्धि गर्न सकिन्छ भनेर सोच्नु पर्ने वेलामा आफ्नो अस्तित्व खोज्नु पर्ने वेला आएको उनको भनाई थियो ।

शिक्षा विकास तथा समन्वय इकाई पोखराका प्रमुख नारायण सुवेदीले निजि विद्यालयको शिक्षा क्षेत्रमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । सवैको एउटै उद्देश्य शिक्षाको गुणस्तर वृद्धि गर्नु नै रहेकोले निजी क्षेत्रलाई नजरअन्दाज गर्न नहुने उनको भनाई थियो ।

कार्यक्रममा लामो समयसम्म शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै एन प्याव्सान कास्कीका सदस्य विद्यालयलाई सम्मान गरिएको थियो ।

यसरी सम्मानितहुने विद्यालयमा हेम्जा वोर्डिङ स्कुल, त्रिबेणी पब्लिक मावि, पायोनियर ईङ्लिस एकेडेमी, ज्ञानज्योती विद्याकुञ्ज मावि, दि विज्डम कास्की, सनराइज प्रिपारेटोरी बोर्डिङ स्कुल र ज्ञान ज्योती वोर्डिङ स्कुल रहेका छन् ।

कार्यक्रममा नेशल प्याव्सान कास्कीका सचिव मनकाजी गुरुङ, कोषाध्यक्ष रत्ना गुरुङ र लेखा समिति संयोजक रमेशराज पौडेलले आ–आफ्नो प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रममा पूर्व क्षेत्रीय शिक्षा निर्देशक योगेन्द्र वस्नेत, नेशल प्याव्सान कास्कीका पूर्व अध्यक्ष वालगोपाल अमात्य, हिसान कास्कीका अध्यक्ष डा.रामजी शर्मा, पुस्तक व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष ऋषिराम शर्मा, प्याव्सन कास्कीका अध्यक्ष प्रेमप्रसाद शर्मा सुवेदी, युनिप्सका अध्यक्ष सन्त गुरुङ, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष वलराम ढकाल, पोखरा उद्योग वाणिज्य संघकी उपाध्यक्ष विन्दु कोइराला, प्याव्सियू गण्डकी प्रदेश सचिव मिलन तिमिल्सिनाले बोलेका थिए ।

नेशनल प्याव्सान कास्कीका अध्यक्ष रामबहादुर मोचीको अध्यक्षतामा भएको कार्यक्रममा द्धितीय उपाध्यक्ष केशवशरण पौडेलले स्वागत र सहसचिव प्रेमराज अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

नेशल प्याव्सान कास्कीमा ४६ विद्यालय आवद्धत छन् । जस अन्तर्गत कक्षा नर्सरी देखि कक्षा ८ सम्म ३, कक्षा १० सम्म ३६ र कक्षा १२ सम्म ७ विद्यालय सञ्चालनमा रहेका छन् । सदस्य विद्यालयमा करिव २१ हजार ५ सय विद्यार्थी अध्ययनरत र करिव २ हजार शिक्षक कर्मचारी कार्यरत रहेका छन् ।

Leave A Reply

Your email address will not be published.