खेमराजलाई जिताउनुस्, उहाँ दुख गरेकाे व्यक्ति होः कांग्रेस सभापति देउवा

0 48

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कास्की क्षेत्र नम्बर २ को उपनिार्वचनमा खेमराज पौडेललाई जिताएर कम्युनिस्ट सरकारलाई जवाफ दिन आग्रह गरेका छन् । चुनावी अभियान तथा नेपाल डेमोक्रेटिक लर्यस एसोसियसनको वार्षिक साधरणसभाको उद्घाटन गर्न शुक्रबार पोखरा आएका देउवाले कांग्रेस एक भएर खेमराजलाई जिताउन नेता, कार्यकर्ता र शुभेच्छुक संस्थालाई निर्देशन दिए ।

खेमराज पौडेल लामो समय पार्टीमा योगदान गरेर पनि अन्यायमा परेका व्यक्ति भएको देउवाको भनाइ थियो । ‘उहाँ अन्यायमा परेको व्यक्ति हो, उहाँले धेरै दुख गर्नुभयो । दुख पनि पाउनुभयो,’ देउवाले भने, ‘उहाँलाई जसरी पनि जिताउनुपर्छ ।’

सभापति देउवाले सरकारका लोकतन्त्रविरोधी क्रियाकलापका विरुद्ध सदनमा मात्रै नभएर सडकमा पनि लड्नुपर्ने समय आएको जिकिर गर्दै कानुन व्यवसायीहरुलाई लड्नका लागि तयार भएर बस्न आग्रह गरे ।

“कम्युनिस्टको काम विस्तारै जनताका हकअधिकार खोस्ने हो । न्यायालय खोस्दैछ, पत्रकारको अधिकार खोस्दैछ । पत्रकारहरु त बोल्नै डराउन थालिसके,” उनले भने, “यसका विरुद्ध सदनमा मात्रै होइन अब सडकमै जानुपर्ने भइसकेको छ । लड्न सबै तयार भएर बस्नुस् ।”

शुक्रबार खेमराज पौडेलको चुनावी अभियानमा कांग्रेसका शीर्ष नेता नै पोखरामा छन् । सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता डा. शेखर कोइराला, सचेतक बालकृष्ण खाँड, नेता गगन थापा लगायतको उपस्थितिमा पोखरामा ¥याली तथा सभा भएको छ । सभामा सबै नेताहरुको एकस्वर छ, ‘कांग्रेसलाई चुनाव जिताएर सरकारलाई पाठ सिकाउनुपर्छ ।’

Leave A Reply

Your email address will not be published.