कास्कीमा ढिस्कोमा पुरिएर सल्यानका एकै गाउँका ५ जनाको मृत्यु

0 26

कास्कीमा ढिस्कोमा पुरिएर सल्यानका एकै गाउँका ५ जनाको मृत्यु १५ मंसिर, पोखरा पोखरा–२० मोजामा सडक बनाउन पुगेका ५ जनाको ढिस्कोले पुरिएको ज्यान गएको छ ।

ज्यान जाने पाँचै जना एकै गाउँका हुन् । पोखरा महानगरको कनेक्टिभिटी सडक अन्तर्गत मजदुरी गर्न पुगेका निर्माण गर्न पुगेका सल्यान जिल्ला बागचौर नगरपालिका वडा नम्बर ४ पेदीखोलाका ५ जनाको आइतबार बिहान ज्यान गएको वडा नम्बर २० का वडाध्यक्ष सिम गुरुङले जानकारी दिए ।

ज्यान जानेमा जीतबहादुर बस्नेत, गणेश ओली, तोभान बस्नेत, जोगेन्द्र बुढाथोकी र खिमलाल ओली छन् । खिमलाल बस्नेत सामान्य घाइते छन् । बस्नेत ढिस्को खसेको देखेपछि भागेर बाँच्न सफल भएका हुन् ।

अहिले प्रहरी तथा स्थानीय मिलेर पुरिएकाहरुलाई निकालेर पोस्टमार्फतको तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.