७ हजार २९ मतले विद्याको अग्रता

0 208

वडा नम्बर १६ को मतगणना हुँदासम्म नेकपा उम्मेदवार विद्या भट्टराईले १४ हजार ८ सय ७९ मत ल्याएकी छन् भने कांग्रेस उम्मेदवार खेमराज पौडेलले ७ हजार ८ सय ५० मत ल्याएका छन् । अहिलेसम्म ७ हजार २९ मतका साथ विद्याको अग्रता छ ।

११ वडा रहेको कास्की क्षेत्र नम्बर २ मा अहिलेसम्म वडा ५ वटा वडाको मतगणना भइसकेको छ । वडा नम्बर ३३, २१, २०, १७ र १६ को मतगणना सकिएको हो ।

अब वडा नम्बर १५ को मतगणना थालिएको छ । कास्की क्षेत्र नम्बर २ मा ११ दल र १० स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । ७१ हजार ८ सय ७१ जना मतदाता रहेको यो क्षेत्रमा ४५ हजार ५ सय ६३ मत खसेको छ ।

कुल मतदाता संख्याको ६३ दशमलब ४० प्रतिशत मात्र मत खसेको हो । यहाँ ३२ मतस्थलमा ८२ वटा मतदान केन्द्र थिए।

Leave A Reply

Your email address will not be published.