३० हजार ३ सय मत गन्दा रवीन्द्रले जितेजत्तिकै मतान्तरले विद्या अगाडि

0 110

६ वटा वडाको मत गणना गर्दा नेकपा उम्मेदवार विद्या भट्टराइले कांग्रेस उम्मेदवार खेमराज पौडेललेभन्दा ८ हजार ४ सय २६ मतान्तरले अग्रता लिएकी छन् । यो मतान्तर २०७४ सालमा रवीन्द्र अधिकारीले जिते बराबरकै मतान्तर हो ।

अघिल्लो निर्वाचन रवीन्द्रले कांग्रेस उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतान्तरले विजय हाँसिल गरेका थिए । ११ वडामध्ये अझै ५ वडा वडाको मत गणना बाँकी नै छ ।

नेकपा उम्मेदवार विद्याले १७ हजार ६ सय ५० मत ल्याउँदा र कांग्रेस उम्मेदवार खेमराज पौडेलले ९ हजार २ सय २४ मत ल्याएका छन् । ७१ हजार ८ सय ७१ मतदाता रहेको कास्की क्षेत्र नम्बर २ मा ४५ हजार ५ सय ६३ मात्र खसेको थियो ।

अहिलेसम्म ३० हजार ३ सय ५ मतगणना भइसकेको छ भने अब जम्मा १५ हजार २ सय ५८ मत मात्र गणना गर्न बाँकी छ । वडा नम्बर ३३, २१, १७, २०, १६ र १५ को मत गणना भइसकेको छ भने ४, ७, ८, ९ र ११ वटा वडाको मतगणना बाँकी छ । अहिले ११ नम्बर वडाको मतगणना थालिएको छ ।

Leave A Reply

Your email address will not be published.