बागलुङको भीमगिठेमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु

0 121

बागलुङको पश्चिम बडिगाडमा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। गुल्मीको इश्मा गाउँपालिका(५ दोहोली रिप कैयापाटाबाट बागलुङको निसीखोला गाउँपालिकातर्फ जाँदै गरेको जिप भिमगिठेको घोकर्णामा दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले बताए।

मध्यपहाडी लोकमार्गबाट करिब ३ सय मिटर तल खोलामा खस्दा गम्भीर घाइते भएका तीन जनालाई भने स्थानीय र प्रहरीले उद्धार गरी स्वास्थ्य संस्था तर्फ पठाएका छन्। एक बालक हराइरहेका छन्। दुर्घटनामा परेका सबै निसीखोलामा कुलपुजाका लागि जाँदै गरेको बुझिएको घटनास्थलमा रहेका स्थानीय दिनेश शर्माले बताए।

Leave A Reply

Your email address will not be published.