मै हुँ सभामुखको स्वभाविक हकदारः डा. शिवमाया तुम्बाहाङफे

0 135

संसद सचिवालयमा कार्यरत महिलालाई बलात्कारको प्रयास गरेको आरोप लागेपछि प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिए।

१४ असोजमा महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ। उक्त पदमा को निर्वाचित होला भन्ने कौतुहत छ। अर्कोतर्फ संविधानले प्रतिनिधिसभाको सभामुख र उपसभामुखमा फरक–फरक दलको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था गरेको छ। संसदको सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टीबाटै डा। शिवमाया तुम्बाहाङ्फे उपसभामुख छिन्।

उनी उपसभामुख पदमा रहिरहेसम्म नेकपाले सभामुख पाउँदैन। त्यसैले नेकपाले सभामुख पद आफैंसँग राख्ने हो भने कि शिवमायालाई नै सभामुखको उम्मेद्वार बनाउनुपर्छ कि उपसभामुखबाट उनले राजीनामा दिनुपर्छ।

बहालवाला उपसभामुखले सभामुख बन्न पाउनुपर्छ भन्ने स्वभाविक कुरा भएको उनले बताएकी छन् । काठमाडौंमा पत्रकारसँग कुराकानी गर्दै पहिले पनि त्यो खालको संसदीय अभ्यास भइसकेको बताइन् । अप्ठ्यारो मान्नुपर्ने, अनौठो देख्नुपर्ने केही कारण नभएकाले आफू नै मुख्य सभामुखको दाबेदार भएको उनले बताइन् ।

Leave A Reply

Your email address will not be published.