स्पेनिस सुपर कपको फाईनलमा बार्सिलोनाका कप्तान लियोनेल मेस्सिले आफ्नो बार्सिलोनाको करियरमै पहिलो रातो कार्ड खादै मैदान बाहिरिएका छन । बार्सिलोनाबाट करियरको ५३४ औ खेल्ने क्रममा अर्जेन्टिनी स्टार मेस्सिले बार्सिलोनामा पहिलो र आफ्नो फुटबल करियरको तेस्रो रातो कार्ड प्राप्त गरेका हुन्।
कप्तान मेस्सिले रातो कार्डको सामना गर्दै मैदान बाहिरिएको स्पेनिस सुपर कपको फाइनल खेलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओले स्पानिस सुपर कप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा दश खेलाडीमा समेटिएको बार्सिलोनालाई अतिरिक्त समयमा ३-२ ले पराजित गर्दै बिल्बाओ च्याम्पियन बनेको हो ।
बिल्बाओका लागस ओस्कार डे मार्कोस, असियर भिलालिब्रे र एनाकी विलियम्सले गोल गरे । बार्सिलोनाका लागि दुवै गोल एन्टोनी ग्रिजमनले गरे ।
बिल्बाओले दुई पटक पछि परेर पनि उत्कृष्ट पुनरागमन गर्दै जित हात पारेको हो ।
निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा इनाकी विलियम्सले गोल गर्दै बिल्बाओलाई जित दिलाए ।
खेलमा अग्रता भने ग्रिजमनको गोलबाट बार्सिलोनाले ४० औं मिनेटमा लिएको थियो । तर ४२ औं मिनेटमा बिल्बाओका ओस्कार डमार्कोसले बराबरी गोल फर्काए ।
७७औं मिनेटमा ग्रीजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए । तर ९० औं मिनेटमा बिल्बाओका लागि भिलालिब्राले बराबरी गोल फर्काए ।
अतिरिक्त समयको चौथो मिनेटमै इनाकीले गरेको गोल बिल्बाओको जितमा निर्णायक बनेको हो ।