नेपाल इन्फ्रास्ट्रक्चर बैंक (NIFRA) को आईपीओमा हालसम्मकै धरै १५ लाख बढी आवेदन

तपाईलाई पर्ने सम्भावना कति?

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (NIFRA) को आईपीओमा १५ लाख बढी आवेदन गरेका परेर आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्याले नयाँ रेकर्ड राखेको छ । बैंकको आइपीओमा हालसम्मकै उच्च १५ लाख २९ हजार ४६० जनाले आवेदन दिएका छन् । अन्तिम दिन मंगलबारसम्म उक्त संख्यामा आवेदन परेको हो । सीडीएस एन्ड क्लियरिङ लिमिटेडको तथ्यांक अनुसार १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताका लागि आवेदन परेको छ ।यो आवेदन सर्वसाधारण निष्काशन गरेको ७ करोड ५८ लाख ४० हजार कित्ताको २.३९ गुणा बढी हुन आउछ ।

यस यस अघि चन्द्रगिरी हिल्सको आईपीओमा साढे १२ लाख भन्दा बढीको आवेदन परेको थियो ।

८ करोडमध्ये १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख कित्ता म्यूचअल फण्डका लागि जानेछ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता साधारण सेयर भने सर्वसाधारणका लागि छुट्याइएको थियो ।

तपाईलाई कति कित्ता पर्न सक्छ?

धितोपत्र बाँडफाँड निर्देशिकाअनुसार पुगेसम्म सबैलाई १० कित्ता र सोभन्दा बढी सेयर बाँडफाँड गर्न पुग्ने अवस्थामा १० ले गुणा जाने अंकमा बाँडफाँड गर्नुपर्छ।

इन्फ्रास्ट्रक्चरमा परेको आवेदनअनुसार  ४० कित्तासम्मका लागि आवेदन दिने सबैले मागेजति नै सेयर पाउने छन्। ५० कित्ता र सोभन्दा बढी सेयर माग गर्नेले भने गोलाप्रथाबाट ५० कित्ता वा ६० कित्तासम्म  सेयर पाउने छन्।

 

 

 

तपाईको प्रतिक्रिया

Your email address will not be published.