सुक्रबार देखी देशका धेरैजसो पहाडी क्षेत्रहरुमा बर्षा भयो, यो संगै उच्च पहाडी क्षेत्रहरुमा हिमपात पनि सुरु भएको छ। पोखरा आसपासका पर्यटकीय क्षेत्रहरु धम्पुस,सिक्लेस,घान्द्रुक,पन्चासे लगायतका ठाउँहरुमा हिउँ परेको खबर छ ।
बर्षा र हिमपात संगै हिउदेबाली लगाएका किसानहरु खुसि भएका छन् ।
कास्की,स्याङ्गजा र पर्बतको सिमाना स्थल चर्चित पर्यटकीय तथा धार्मिक क्षेत्र पन्चासेमा पनि हिउँ परेको छ । हामीले विभिन्न माध्यमहरुबाट प्राप्त गरेका पन्चासे क्षेत्रका तस्बिरहरु हेर्नुहोस ।