नेपाल इन्जिनियर्स एसोसियसन (NEA) को सदस्यता दर्ता र नबिकरण गर्ने म्याद थप

चुनाब चैत्र २० मै हुने

आगामी चैत्र २० गते हुन गैरहेको नेपाल इन्जिनियर्स एसोसिएसन(NEA) को चुनाब नसर्ने भएको छ । आज भर्चुवल माध्यम जुम बाट भएको केन्द्रिय समितिको बैठकले तोकिएकै मितिमा चुनाब गर्ने निर्णय गरेको छ ।  यसअघि निर्वाचन सार्ने विषयमा सर्वपक्षीय छलफल भए पनि नेईए निर्वाचन नसार्ने विषयमा प्रष्ट भएको हो ।

आज माघ ३० गते सकिने नयाँ सदस्यता दर्ता तथा नबिकरणको म्याद भने फाल्गुन ७ गते साँझ ५ बजेसम्म थप गरिएको छ ।एसोसियसनका अध्यक्ष प्रा.डा त्रिरत्न बज्राचार्य र महा सचिब ई. छबीराज पोख्रेल ले हस्ताक्षर गरेको सुचना जारि गर्दै NEA ले म्याद थप गरेको जनाकारी गराएको छ ।

यसपाली बिधुतिय प्रणाली मार्फत चुनाब गर्ने तैयारी गरिरहेको नेपाल इन्जिनियर्स एसोसिएसन(NEA) ले छिट्टै बिधुतिय प्रणालीको टेस्टिङ्ग गर्ने र सफल भएमा बिधुतिय प्रणाली मार्फत नै मतदान गर्ने पनि बुझिएको छ ।

तपाईको प्रतिक्रिया

Your email address will not be published.