प्रचण्डले भनेः संकटकाल लाग्दैन, सबै जनतालाई बधाई

काठमाडौं, ११ फागुन-

नेकपा अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् । प्रचण्डले अदालतको फैसलाले नेपाली जनताको जित भएका बताए ।

‘संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित हो’, प्रचण्डले भने, ‘सर्वोच्च अदालतले सही फैसला गरेको छ, नेपाली जनतालाई बधाई ।’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा संकटकाल लागे एक महिनामा नै फिर्ता हुने बताएका छन् ।

सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरे सरकारले संकटकाल लगाउने चर्चा चलेको सन्दर्भमा चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले भने, ‘लाग्दैन संकटकाल, लागे पनि एक महिनामा फिर्ता हुन्छ ।’

तपाईको प्रतिक्रिया

Your email address will not be published.