रोनाल्डो र मेस्सी बिनाको च्याम्पियन्स लिग !

क्वाटरफाईनल पुग्ने टिमको टुंगो लाग्यो

युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिग २०२०-२१ को क्वाटरफायनलमा पुग्ने ८ टोलीको टुङ्गो लागेको छ ।गए राती सम्पन्न खेलहरु पश्चात् आठ टिमले क्वाटरफाईनलमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

अन्तिम १६ अन्तर्गत बुधबार राति भएको खेलमा चेल्सी र बार्यन म्युनिख विजयी भएपछि यस सिजन क्वाटरफाइनल खेल्ने ८ वटै टोलीको छिनोफानो भएको हो ।चेल्सीसँगै इंग्ल्याण्डबाट म्यानचेष्टर सिटी र लिभरपुलसहित सर्वाधिक ३ क्लब क्वाटरफाइनल पुगेका छन् । यस्तै जर्मनीबाट बार्यन  र बोरुसिया डर्टमण्ड क्वाटरफाइनल पुगेका छन् ।यस बाहेक स्पेनबाट सर्वाधिक १३ पटकको च्याम्पियन रियल मड्रिडमात्र क्वाटरफाइनल पुगेको छ ।

फ्रान्सबाट पेरिस सेन्ट जर्मने पीएसजी र पोर्चुगलबाट एफसी पोर्टो क्वाटरफाइनलमा पुगेका छन् । युरोपको शीर्ष पाँच लिगमध्ये इटालियन सिरी ए बाट भने कुनै टोली क्वाटरफाइनल पुग्न सकेनन् ।

अब क्वाटरफाइनल र सेमिफाइनलका लागि शुक्रबार स्वीट्जरल्याण्डको नियोनमा हुनेछ । क्वाटरफाइनलको पहिलो लिगका खेलहरु अप्रिल ६/७ मा हुनेछ भने दोस्रो लेग अप्रिल १३/१४ मा हुनेछ ।यस्तै सेमिफाइनलको पहिलो लेगका खेलहरु अप्रिल २७/२८ मा हुनेछ भने दोस्रो ग मे ४/५ मा हुनेछ ।फाइनल खेल मे २९ मा टर्कीको स्तानबुलस्थित आटाटुर्क ओलम्पिक स्टेडियममा हुनेछ ।

—————————————————————————————————————————————

नो मेस्सी नो रोनाल्डो!

फुटबल प्रेमीहरुको लागि यसपालिको युरोपियन च्याम्पियन्स लिग खल्लो किन हुदैछ भने,  यस समयका महान फुटबलरहरु मेस्सी र क्रिस्टियानो रोनाल्डो दुबैको खेल अब यस सिजनको युरोपियन च्याम्पियन्स लिगमा हेर्न पाईने छैन ।अर्जेन्टिनी फुटबल स्टार मेस्सिको स्पेनिस टिम बार्सिलोना र पोर्चुगिज स्टार रोनाल्डोको इतालिएन क्लब युभेन्टस     दुवै टिमले प्री-क्वाटरफाईनल चरण पार गर्न सकेनन ।

मेस्सिको टिम बार्सिलोना फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) संग समग्रमा ५-२ गोल अन्तरले पछी पर्दै बाहिरियो भने रोनाल्डोको टिम युभेन्टस भने पोर्चुगिज क्लब पोर्टो संग समग्रम ४-४ को बराबरी खेलेपनि अवे गोलको कारणले क्वाटरफाईनलमा पुग्न सकेन। यस सिजन युरोपियन च्याम्पियन्स लिगमा मेस्सिले ४ पेनाल्टी सहित समग्रमा ५ गोल र रोनाल्डोले २ पेनाल्टि सहित जम्मा ४ गोल गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

Your email address will not be published.