नेईए गण्डकीमा एमाले ओली पक्ष र कांग्रेस बीच समिकरण भएपछी कार्यकर्तामा ब्यापक असन्तुस्टी

सिडेनको तल्लो तहसम्मै असन्तुस्टी छताछुल्ल

चैत्र २४ पोखरा,

यहि बैसाख २४ गते हुने  नेपाल इन्जिनियर्स एसोसियसन (NEA) को ३४ औ केन्द्रिय कार्यसमिति तथा दोश्रो प्रदेश समितिको चुनाबको लागी हिजो सातै प्रदेश तथा केन्द्रमा उमेद्द्वारी दर्ता सम्पन्न भयो।

हिजो दिउसो ५ बजेसम्म मनोनयनको अन्तिम समय तोकिएकोमा पोखरा सभागृहमा रहेको गण्डकी प्रदेश निर्वाचन समितिको सचिवालयले दिएको जानाकारी अनुसार ४ जनाले प्रदेशको सभापति पदको लागि उमेद्द्वारी दर्ता गराएका छन । जसअनुसार, नेकपा (माओबादी केन्द्र) निकट इन्जिनियरहरुको संगठन “नेपाल रास्ट्रीय इन्जिनियर संगठन”(नियोन) ले पोखरा बिश्वबिद्यालयका पुर्ब डीन  डा. गोबिन्द लामिछाने लाई सभापतिको रुपमा अगाडी सारेको छ भने नेकपा एमालेको ओली पक्ष र नेपालि कांग्रेस निकट “सीडेन” ले संयुक्त रुपमा धुर्ब भट्टराई को नेतृत्वमा उमेद्द्वारी दर्ता गरेका छन् । त्यस्तै, नेकपा एमालेको माधब कुमार नेपाल निकट इन्जिनियर हरुको तर्फबाट ई. दिपेन्द्र बास्तोला तथा ई.अनुप श्रेष्ठले स्वतन्त्र रुपमा सभापति पदमा उमेद्द्वारी दर्ता गरेका छन् । अनुप श्रेष्ठ नेपालि कांग्रेस निकट इन्जिनियर हुन् ।

मनोनयन दर्ताको अन्तिम समयमा गण्डकी प्रदेशमा अचम्मको गठबन्धन बनेको छ । नेकपा एमाले ओली निकट इन्जिनियर हरु र नेपालि कांग्रेस निकट ‘सीडेन’ को बिचमा संयुक्त प्यानल दर्ता भयो, कतिपयले यसलाई अप्राकृतिक गठबन्धनको संज्ञा पनि दिएका छन् । ओली निकट इन्जिनियरहरुको सभापति पदका उमेद्द्वार ई. धुर्बराज भट्टराईलाई समर्थन गर्ने केन्द्रिय सदस्य, उप-सभापति, सचिब र दश मध्य ६ जना सदस्य पाउनेगरी सीडेनले ओली समुह संग अन्तिम समयमा सहमति गरेको हो । हिजो बिहानैदेखि गठबन्धनको लागि भिन्न समुहहरुको पटक पटक बार्ता भएपनि अन्तिममा सरप्राईज रुपमा ओली पक्ष र सीडेन बीच सहमति बन्यो ।

 

सहमतिमा सिडेन भित्र ब्यापक असन्तुस्टी

न्युरोडको सिटि स्क्वाएर ब्यान्केटमा ओली पक्षका इन्जिनियर र सीडेन बिचमा भएको बार्ता सहमति नजिक पुगेपछि असन्तुस्टी जनाउदै सीडेनका केहि नेताहरु  बाहिरिएका थिए । नाम नखुलाउने सर्तमा एक सीडेन कार्यकर्ताले भने ” केहि ब्यक्तिको स्वार्थको लागि संगठन लाई तिलान्जली दिईयो, यो हामीलाई मान्य छैन , लोकतान्त्रिक मुल्य र मान्यताको हिमायतीले नै चुनाबदेखि भागेर अरुलाई नेतृत्व सुम्पिनु कदापी न्यायोचित हुदैन।” नाम नखुलाउन अनुरोध गर्दै उनले मेरो समयसंग भने ” समग्र सिडेन को ६० प्रतिशत भन्दा धेरै सदस्यहरु यस गठबन्धनबाट निराश छन्, उनीहरुले यो गठबन्धनलाई मत दिदैनन”। कार्यकर्ताका असन्तुस्टीहरु सामाजिक संजालमा छताछुल्ल भएको पनि देख्न सकिन्छ ।

त्यस्तै, नेकपा एमाले माधब कुमार नेपाल समुहबाट उपाध्यक्षमा उम्मेद्वारी दिएका ई.दिपक सुबेदीले यो गठबन्धनलाई ब्यंग्य गर्दै आफ्नो फेसबुकमा लेखेका छन,

कस्तो छ प्यानल?

नियोनले सभापतिमा पोखरा विश्वबिधालायका पुर्ब डीन तथा प्राज्ञिक व्यक्तित्व यसोसियट प्रोफेसर डा. गोबिन्द लामिछाने लाई अगाडी सारेको छ भने उप सभापतिमा ई.शिशिर कुमार तिवारी सचिबमा ई.भगवान कुँवर स-सचिबमा ई.आनन्द भट्टराई र कोषाध्यक्ष मा ई.कल्पना पण्डित लाई अगाडी सारेको छ । त्यसैगरि सदस्यहरुमा ई. सुदिन मोक्तान, ई. सुदिप दाहाल, ई.रोशन पौडेल, ई.दिनार कुमार श्रेष्ठ, ई.देबेन्द्र पोख्रेल, ई.अनिल कमल न्यौपाने,ई.राम कृष्ण घिमिरे, ई.निलाम्बर आचार्य, ई.किशोर कुमार भण्डारी,ई.पदम लाल अधिकारि तथा प्रदेश बाट केन्द्रिय समितिको सदस्यमा ई.बिजय पौडेल लाई अगाडी सारेको छ । त्यसै गरि ओली समुह र सीडेन को संयुक्त प्यानलको सभापतिमा पोखरा महानगपालिकामा कार्यरत ई.धुर्बराज भट्टराई उपसभापतिमा ई.सन्तोष जि.सी. सचिबमा ई.अन्जन थापा, सह-सचिबमा ई.बिमल आचार्य अनि कोषाध्यक्षमा ई.सुरेश तिमिल्सिना लाई अगाडी सारेको छ । त्यस्तै सदस्यहरुमा ई.सन्तोष काफ्ले,ई.हेन प्रसाद गुरुङ, ई.कृष्ण भण्डारी,ई.अस्मिता खनाल, ई.जयन्द्र भट्ट,ई.प्रकास काफ्ले, ई.शिब नारायण गोशेली,ई.गणेश पाण्डे,ई.सागर बस्याल,ई.रबिन्द्र पौडेल रहेका छन् ।

 

 

तपाईको प्रतिक्रिया

Your email address will not be published.